Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मुख्यसचिव अर्यालले देलान् त राजीनामा ?

काठमाडौं । करोडौंको भ्रष्टाचारमा नाम जोडिएपछि एउटा जिम्मेवार व्यक्तिले पदमा बस्नु कति उचित हुन्छ ? सिंगो ब्यूरक्रेसीको नेता नै यति ठूलो आर्थिक अपचलनमा जोडिएको आरोप लागेपछि उनले नै सहजीकरणका लागि मैदान छाड्नु पथ्र्यो । तर राजनीतिक पहुँच बलियै भएपछि कसैको डर हुँदैन । करोडौंका काण्डमा नाम जोडिएका मुख्य सचिव डा. बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिन दबाव बढेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा उनीसमेतलाई प्रतिवादी बनाएर मुद्दा दायरको तयारी गरिरहँदा अर्यालले राजीनामा दिएर जिम्मेवारीबाट पन्छिन लागेको बताइन्छ । अवकाश हुने मितिभन्दा दुई दिनअघि मात्रै सञ्चारसचिव अर्याललाई मुख्यसचिव बनाइएको थियो । उनको बाटो खुला गर्दै तत्कालीन मुख्यसचिव शंकर बैरागीले आफ्नो सेवा अवधि समाप्त नहुँदै राजीनामा दिएका थिए । वैरागीपछि मन्त्रीसरहको सुविधा पाउने गरी प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार भएका छन् । भ्रष्टाचारमा संलग्न शक्ति प्रयोग गरेर नै अर्याल मुख्य सचिव बनेको अख्तियारको अनुसन्धानबाट देखिएको छ । बहालवाला मुख्यसचिवमाथि भ्रष्टाचार मुद्दा दायर गर्दा समग्र कर्मचारी प्रशासनको मनोबल कमजोर बन्न सक्ने भएकाले अख्तियारले पनि उनले राजीनामा दिने समय कुरेर बसेको बताइएको छ । अर्याल सञ्चार सचिव हुँदा भ्रष्टाचार आरोपमा हाल थुनामा रहेका तत्कालीन सेक्युरिटी प्रिन्टिङ सेन्टरका पूर्वकार्यकारी निर्देशक विकल पौडेलसँग उनको आर्थिक लेनदेन पनि सार्वजनिक भएको छ । अर्यालको निर्देशनमा उनैले दिएको खाता नम्बरमा विकलले दुईपटक पैसा हालिदिएको तथ्य सार्वजनिक भएको हो । विकलले एकपटक ५ लाख र अर्कोपटक ९ लाख रूपैयाँ खातामा हालिदिएर अर्याललाई भौचर पठाएका थिए । यो पैसा केको लागि हाल्न लगाएको हो भन्ने अर्यालले राम्ररी बचाउ गर्न सकिरहेका छैनन् ।


सम्बन्धित समाचार