Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मुद्दा दर्ताकै दिन फैसलाको मिति थाहा हुने

काठमाडौं । अब अब जिल्ला अदालतमा मुद्दा दर्ता हुनासाथ फैसला आउने दिन थाहा हुनेछ । बिहीबारदेखि देशभरिका जिल्ला अदालतहरूमा मुद्दा प्रक्रियाको फरक व्यवस्थापन सुरू भएको हो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले एक विज्ञप्ति जारी गर्दै साउन १ देखि ‘फरक व्यवस्थापन’ कार्यान्वयनमा ल्याइएको बताएका छन्। फरक व्यवस्थापन भनेको मुद्दा वर्गीकरण गरी दर्तादेखि फैसलासम्मको कार्यतालिका सेवाग्राहीलाई दिइने पद्धति हो। सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार, मुद्दा आएपछि कर्मचारीले त्यो मुद्दालाई एउटा सफ्टवेयरमा इन्ट्री गराउँछन्। अनि नियम र दिग्दर्शनको आधारमा सफ्टवेयरले उक्त मुद्दाको वर्गीकरण गर्छ। सर्वोच्च अदालतले मुद्दाको वर्गीकरण गर्ने दिग्दर्शन बनाइसकेको छ। मुद्दा सरल, सामान्य र विशेष प्रकृति गरि तीन थरीका हुन्छन्। यो व्यवस्था लागु भएसँगै सेवाग्राहीले आफ्नो मुद्दा दर्ता भएपछि त्यसको बहस कहिले हुन्छ र फैसला कहिले हुन्छ भन्ने कुराको लिखित जानकारी पाउने छन्। दर्ता भएपछि धेरै कार्यविधि पुर्‍याउनु नपर्ने मुद्दालाई सरल प्रकृतिका मुद्दा भनिने छ। निश्चित कार्यविधिमात्र पुर्‍याए हुने मुद्दालाई सामान्य र लामा र घुमाउरा कानुनी प्रकृया पुरा गर्नु पर्ने मुद्दालाई विशेष प्रकृतिका मुद्दा भनेर चिनाइने छ।