Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मुलुकमा कम्युनिष्ट शासन लागू गर्न खोजियो : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको मर्म र भावनाविपरीत आएका विधेयक नेपाली कांग्रेसलाई मान्य नहुने बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको ७४औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले सरकारले प्रजातान्त्रिक मूल्य र मान्यतामाथि हस्तक्षेप गरेको बताएका हुन् । “बहुमतको आधारमा सरकारले मुलुकमा कम्युनिष्ट शासन लागू गर्न खोजेको छ, यसको विरुद्धमा कांग्रेस एकजुट हुन जरुरी छ”, उनले भने । सभापति देउवाले पार्टीभित्रको झगडाका कारण कांग्रेस कमजोर हुँदै गएको बताउँदै पार्टीलाई बलियो बनाउन पार्टी एकजुट हुनुपर्ने बताए । उनले चीनबाट फैलिएको कोरोना भाइरसबाट जोगिन सबै नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो समय मुलुकमा प्रजातन्त्रमाथि चुनौती थपिँदै गएको बताए । “सरकारले सबै शक्तिहरुलाई केन्द्रीकरण गर्दै गइरहेको छ, यसलाई रोक्न कांग्रेसले सङ्घर्ष गर्नुपर्ने बेला आएको छ”, उनले भने । वरिष्ठ नेता पौडेलले श्रमिकको पार्टी नेपाली कांग्रेसलाई बनाए मात्र पार्टी बलियो हुने बताए ।
पार्टीको आगामी महाधिवेशन समयमा सम्पन्न गर्नुपर्ने उनको भनाइ थियो । पार्टीका नेता कृष्णप्रसाद सिटौलाले संविधान कम्युनिष्टका नेताको हितका लागि मात्र नभई राष्ट्रको हितका लागि ल्याएका बताउँदै संविधानको दुरुपयोग नगर्न सत्तापक्षलाई आग्रह गरे । कानून बनाएर श्रमिकको हक अधिकारलाई अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।
नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले सरकार र राजनीति दल मजदूरको आडमा सत्तामा पुग्ने र सत्तामा पुगेपछि मजदूर विर्सने गरेको बताए । युनियनका उपाध्यक्ष तेजेन्द्रजङ्ग कार्की, अजयकुमार राईले कांग्रेसको नेतृत्वमा मजदूर आन्दोलन भए पनि पछिल्लो समय पार्टीले मजदूरलाई वेवास्था गर्दै गएको बताए । विसं २००३ फागुन २१ मा नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा विराटनगर जुट मिलमा श्रमिकको हकअधिकारका लागि आन्दोलन भएको थियो । सोही आन्दोलनलाई नेपाल ट्रेड युनियन कांग्रेसले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ ।


सम्बन्धित समाचार

मदिराले मातेका बाबुले गरे छोराको हत्या

२०८१ आश्विन १९

ताजा नेपाल

कर्तव्य नभुलेको रविको घोषणा

२०८१ आश्विन १९

ताजा नेपाल