Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मृतकको संख्या ९६० पुग्यो, आजै २३ जनाले ज्यान गुमाए

काठमाडौं । नेपालमा कोरोना एकै दिन २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार १७ जनाको मृत्यु भएको थियो। गत २४ घण्टामा २ हजार ८ सय २४ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ ।

कुल संक्रमितमध्ये ३७ हजार ७ सय ६५ सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा १३ हजार २५ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा कुल पिसिआर परीक्षणको संख्या १४ लाख ५६ हजार ३ सय ६६ पुगेको मन्त्रालयले जनाएको छ । हाल २ हजार ३ सय ८६ जना क्वारेन्टाइनमा छन्।


सम्बन्धित समाचार