Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मेगा बैङ्कलाई दोहा बैङ्कको २ अर्ब

काठमाडौँ । मेगा बैङ्क नेपाल लिमिटेडले दोहा बैङ्कबाट २ अर्ब रूपैयाँभन्दा बढी व्यवसायिक ऋण नेपाल भित्र्याउने भएको छ । मेगा बैङ्क नेपाल लिमिटेडले कतारको दोहा बैङ्कबाट २ करोड अमेरिकी डलर (करिब २ अर्ब २५ करोड रूपैयाँ) भित्र्याउन लागेको हो । मेगा बैङ्ककी सीईओ अनुपमा खुञ्जेली र दोहा बैङ्कका नेपालस्थित कार्यालयका प्रमुख सुरजविक्रम शाहीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । दोहा बैङ्कले नेपालको बैङ्कमा लगानी गरेको यो पहिलो पटक हो । नेपाल राष्ट्र बैङ्कको स्वीकृतिलगत्तै मेगा बैङ्कले यो रकम नेपालमा भित्र्याउने छ । कुल प्राथमिक पुँजीको शतप्रतिशत रकम विदेशबाट व्यवसायिक ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने नेपाल राष्ट्र बैङ्कको व्यवस्था मेगा बैङ्कले दोहा बैङ्कबाट रकम ल्याउने प्रक्रिया थालेको थियो । नेपालको बैङ्किङ प्रणालीमा देखिएको लगानीयोग्य पुँजी (तरलता) अभावको समस्यालाई समेत मध्यनजर राख्दै दोहा बैङ्कबाट रकम भित्र्याउन लागेको मेगा बैङ्कले जनाएको छ । योसँगै बजारमा तरलताको अभाव अन्त्य भई सरलरूपमा कर्जा प्रवाह हुने र व्यवसायिक लगानीकर्ताहरूलाई राहत मिल्ने मेगा बैङ्कको विश्वास छ । ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैङ्कको अहिले देशभर १११ शाखा, २९ वटा एक्सटेन्सन काउन्टर, ११४ वटा एटीएम सञ्जाल, ७९ वटा शाखारहित बैङ्किङ केन्द्रहरू र २५ सयभन्दा बढी मेगा रेमिट एजेन्ट छन् ।


सम्बन्धित समाचार

मदिराले मातेका बाबुले गरे छोराको हत्या

२०८१ आश्विन १९

ताजा नेपाल

कर्तव्य नभुलेको रविको घोषणा

२०८१ आश्विन १९

ताजा नेपाल