Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मेयर शाहले भेटे प्रचण्ड

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटेका छन् । शनिबार बिहान खुमलटारस्थित प्रचण्ड निवासमा पुगेर मेयर शाहले अध्यक्ष प्रचण्डलाई भेटेका हुन्।
भेटमा प्रचण्डले मेयर साहले सबैलाई मिलाएर सहकार्य गरिरहेकाले पाँच वर्षको कार्यकालमा साहलाई साथ र सहयोग गर्ने आश्वासन दिएका छन् ।
उनले बालेन्द्रको जितलाई ठूलो क्रान्ति भएको बताए।
उनले मेयर साहसँग भने,‘तपाईँको जित बहुत ठूलो क्रान्ति हो । पहिलेका स्वतन्त्र मेयरहरू कुनै एउटा पार्टीसँग अलाइन्स भएर अरू पार्टीलाई गाली गर्ने सिस्टम थियो तर तपाईले पहिलो पटक सबैलाई मिलाएर – सहकार्य गर्ने काम गरिरहनुभएको छ त्यो सहरानिय छ त्यसैले हजुरलाई हाम्रो सधैंभरी साथ र सहयोग हुनेछ।’ यसअघि मेयर साहले मतगणना जारी हुँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र केहीदिन अघि प्रधानमन्त्री शेर बहादुर देउवासँग भेट गरेका थिए ।