Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मेलम्चीमा डेढ अर्ब बढी भ्रष्टाचार

काठमाडौं । प्रारम्भदेखि अहिलेसम्म मेलम्चीको नाममा २७ अर्ब ६५ करोड २३ लाख खर्च भएको छ । सरकारले गत वर्ष ५ अर्ब ९१ करोड ९९ लाख छुट्याएको थियो । तर खर्च २ अर्ब ४५ करोड १८ लाख भएको छ । स्थानीय ठेकेदार, मजदुरको रु १ अर्ब ६७ करोड भुक्तानी गर्न बाँकी छ । यही पैसामा सचिवले तेलामेला गरेको आरोप छ । मेलम्चीको नाममा १ अर्ब ५५ करोड ६२ लाख भ्रष्टाचार भएको छ । प्राविधिक ज्ञान नभए पनि सचिव र मन्त्रीको विश्वास प्राप्त भएर कार्यकारी निर्देशक तिरेश खत्री साइडमा जाँदा जाँड पार्टीमा निकै रमाउँथे । सानालाई पेल्ने, ठूलाको चाकडी गरेपछि कामको गुणस्तर जाँच्न किन प¥यो ? मन्त्रीको एक सूत्रिय योजना मेलम्चीको पानी राजधानीमा भित्र्याउने थियो । सचिवले होमा हो मिलाउनै प¥यो । पूर्वाधार कमजोर भएकै कारण निर्माण कम्पनीका इञ्जिनियर सतिस गोइत र चालक राधाकृष्ण थापाको ज्यान गएको छ । यो अपराधमा ज्यानमारा उद्योगको मुद्दा लगाउनु पथ्र्यो । गुटअनुसार साइडमा जाँदा बनभोज खाने रक्सी काठमाडौंदेखि लैजाने खत्रीको मस्ती नै मेलम्चीको दूरावस्था हो । भाग दिएपछि सचिव र मन्त्रीमो मुख बुजो लाग्यो । जहाँ गयो त्यहाँ सरकारी पैसा सत्यानास गर्ने खत्रीप्रति कर्मचारी समेत आक्रोशित छन् । अख्तियारले उनको सम्पत्ति छानविन गर्नु पर्ने आवाज उठेको छ । कामको गुणस्तर भन्दा कमिशनको मोहमा कम्युनिष्ट पार्टी र नेतृत्व डुबेकोले राष्ट्रिय गौरवका आयोजनाहरू धरासायी भएका हुन् । तिरेश खत्री जस्ता लुटाहाले मेलम्ची धरासायी बनाएर छाड्दैछन् ।
विद्वान र विकासवादी नेता प्रधानमन्त्री केपी ओलीलाई निर्माणाधिन आयोजनाहरूको बारेमा चासो दिने फुर्सदै भएन । उनलाई आफ्नो पद बचाउने र पार्टीमा अन्तरकलह चर्काउन नै राष्ट्रिय एजेन्डा बनेको छ । राष्ट्रिय गौरवका आयोजनाहरू भ्रष्टाचार र कमिशनतन्त्रले धरासायी भएका छन् । यस्तै एउटा नमूना हो, मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य अन्तिम अवस्थामा आएपछि देखिएको भद्रगोल । त्यहाँ मन्त्रिलाई प्रचारमा आउनु थियो, सचिवलाई आफूले भनेको मान्ने तिरेशकुमार खत्रीजस्ता भष्मासुरलाई कार्यकारी निर्देशक बनाउनु थियो । त्यो काम भयो तर मेलम्चीको अवस्था यतिखेर दयनीय बनेको छ । १ जना इञ्जिनियर र चालकको ज्यान गयो । अर्का इञ्जिनियर र चालकको उपचार हुँदैछ । पछिल्लो पटक असारभित्र पानी राजधानीमा खसाल्ने अभियान शुरु गरिए पनि ढलानको समय पूरा नहुँदै खोलिनु र नट बल्टुको बलियो व्यवस्था नहुनाले मेलम्चीको बाँधले मान्छेको ज्यान लियो । राजधानीमा पानी आउन त परको कुरा । आयोजना कार्यान्वयन निर्देशनालयमा बसेर बदनाम भएका तिरेशकुमार खत्रीलाई त्यतिबेलै कारबाही गर्नु पर्दथ्यो तर उनको पैसाले मन्त्री र सचिव समेत लोभिए । तिनै खत्रीलाई मेलम्ची विकास समितिको कार्यकारी निर्देशक बनाइयो । पुरानो ठेकेदारले ठगेका साना ठेकेदारहरूको पैसा अहिलेसम्म दिलाइएको छैन । त्यहाँका नागरिकहरूले समेत मेलम्ची खानेपानी आयोजनाबाट पटक पटक दिलाइएका विश्वासअनुसार नत क्षतिपूर्ति पाए नत पसिनाको मूल्य । स्थानीय तहलाई अटेर गरी पछिल्लो पटक कार्यकारी निर्देशक खत्रीले मेलम्चीको निर्माणाधिन अवस्थाको मूल्यांकन नगरी बाँधबाट पानी पठाउने काम शुरु गरेका थिए । त्यही अभियानअन्तर्गत असार महिनामा राजधानीमा पानी झार्ने भनिएको थियो । मन्त्री बिना मगरलाई काम देखाउनु थियो । उनले प्राविधिक पक्ष थाहा पाउने अवस्था थिएन । त्यसको ज्ञान आफैं इञ्जिनियर सचिव माधव बेल्बासेलाई नभएको होइन । सचिवले समेत मन्त्रीको आकांक्षा पूरा गर्न लाग्दा मेलम्चीको सपना दुई वर्ष पर धकेलियो । मेलम्चीको नाममा तटिय क्षेत्रका जनतामाथि भएको दमन र मजदुरले काम गर्दा पैसा नपाएको पीडा अबका दिनमा झन चर्केर जाने स्थिति छ । स्थानीय सरकार मेलम्ची विकास समिति र खानेपानी मन्त्रालयका भष्मासुरहरूका विरुद्ध लाग्ने तयारी गरिरहेको छ । मेलम्ची समयमा सम्पन्न नहुनु, तिरेश खत्रीहरूजस्तालाई कमाउने भाँडो त बन्ला तर राष्ट्रिय कोषको दोहन हुँदा ध्यान दिने सिंहदरबार र प्रधानमन्त्री केपी ओलीको नजर पर्ला कि नपर्ला जनताले प्रश्न गर्न थालेका छन् । यसैबीच, मेलम्चीको नाममा भएको भ्रष्टाचारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानविन गरिरहे पनि भ्रष्टहरूलाई कारबाहीको प्रक्रियामा ल्याउन ढिलाई गर्दा वर्तमान सरकारको बद्नाम भएको छ ।