Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मेलम्ची धकेलियो दुई वर्ष

काठमाडौं । विद्वान र विकासवादी नेता प्रधानमन्त्री केपी ओलीले निर्माणाधिन आयोजनाहरुको बारेमा चासो दिने फुर्सदै भएन । उनलाई आफ्नो पद बचाउने र पार्टीमा अन्तरकलह चर्काउन नै राष्ट्रिय एजेन्डा बनेको छ । राष्ट्रिय गौरवका आयोजनाहरु भ्रष्टाचार र कमिशनतन्त्रले धरासायी भएका छन् । यस्तै एउटा नमूना हो, मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य अन्तिम अवस्थामा आएपछि देखिएको भद्रगोल । त्यहाँ मन्त्रिलाई प्रचारमा आउनु थियो, सचिवलाई आफूले भनेको मान्ने तिरेशकुमार खत्रीजस्ता भष्मासुरलाई कार्यकारी निर्देशक बनाउनु थियो । त्यो काम भयो तर मेलम्चीको अवस्था यतिखेर दयनीय बनेको छ । १ जना इञ्जिनियर र चालकको ज्यान गयो । अर्का इञ्जिनियर र चालकको उपचार हुँदैछ । पछिल्लो पटक असारभित्र पानी राजधानीमा खसाल्ने अभियान शुरु गरिए पनि ढलानको समय पूरा नहुँदै खोलिनु र नट बल्टुको बलियो व्यवस्था नहुनाले मेलम्चीको बाँधले मान्छेको ज्यान लियो । राजधानीमा पानी आउन त परको कुरा । आयोजना कार्यान्वयन निर्देशनालयमा बसेर बदनाम भएका तिरेशकुमार खत्रीलाई त्यतिबेलै कारबाही गर्नु पर्दथ्यो तर उनको पैसाले मन्त्री र सचिव समेत लोभिए । तिनै खत्रीलाई मेलम्ची विकास समितिको कार्यकारी निर्देशक बनाइयो । पुरानो ठेकेदारले ठगेका साना ठेकेदारहरुको पैसा अहिलेसम्म दिलाइएको छैन । त्यहाँका नागरिकहरुले समेत मेलम्ची खानेपानी आयोजनाबाट पटक पटक दिलाइएका विश्वासअनुसार नत क्षतिपूर्ति पाए नत पसिनाको मूल्य । स्थानीय तहलाई अटेर गरी पछिल्लो पटक कार्यकारी निर्देशक खत्रीले मेलम्चीको निर्माणाधिन अवस्थाको मूल्यांकन नगरी बाँधबाट पानी पठाउने काम शुरु गरेका थिए । त्यही अभियानअन्तर्गत असार महिनामा राजधानीमा पानी झार्ने भनिएको थियो । मन्त्री बिना मगरलाई काम देखाउनु थियो । उनले प्राविधिक पक्ष थाहा पाउने अवस्था थिएन । त्यसको ज्ञान आफैं इञ्जिनियर सचिव माधव बेल्बासेलाई नभएको होइन । सचिवले समेत मन्त्रीको आकांक्षा पूरा गर्न लाग्दा मेलम्चीको सपना दुई वर्ष पर धकेलियो । मेलम्चीको नाममा तटिय क्षेत्रका जनतामाथि भएको दमन र मजदुरले काम गर्दा पैसा नपाएको पीडा अबका दिनमा झन चर्केर जाने स्थिति छ । स्थानीय सरकार मेलम्ची विकास समिति र खानेपानी मन्त्रालयका भष्मासुरहरुका विरुद्ध लाग्ने तयारी गरिरहेको छ । मेलम्ची समयमा सम्पन्न नहुनु, तिरेश खत्रीहरुजस्तालाई कमाउने भाँडो त बन्ला तर राष्ट्रिय कोषको दोहन हुँदा ध्यान दिने सिंहदरबार र प्रधानमन्त्री केपी ओलीको नजर पर्ला कि नपर्ला जनताले प्रश्न गर्न थालेका छन् ।