Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मोडल राज गजमेरलाई सर्वोत्कृष्ट एक्भि म्युजिक अवार्ड २०८१

काठमाडौं । तेस्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८१ को फाईनल कार्यक्रम एक्टिभ म्युजिक प्रा.लि.का प्रवन्ध निर्देशक बिजेन्द्र नौबागेको शभापतित्वमा प्रतिनिधिसभा नेपालकी उपसभामुख ईन्दिरा रानामगरको प्रमुख आतिथ्यता तथा नेपाल सरकारका पुर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री पर्शुराम वाईबा तामाङको बिशेष आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा २४ बिधामा रहेका उत्कृष्ट पात्र घोषणा गर्दै प्रमुख अतिथि तथा बिशिष्ठ अतिथिहरुको हातबाट प्रमाणपत्र तथा अवार्ड (ट्रफी) वितरण गरिएको थियो । कार्यक्रममा एक्टिभ संगीत सम्मान तथा गायक सम्मान २०८१ गायक शिव परियार, सर्वोत्कृष्ट लोक तथा दोहोरी गीत भिडियो मोडल राज गजमेरले रेशम चौधरीको स्वर रहेको कस्तो होला भाटु राजाको दरबार बोलको गीतबाट अवार्ड आफ्नो पक्षमा पार्न सफल भएका छन् । जज सम्मान २०८१ बाट रमेश परियार गीतकार, मनोज परियार ध्वनी मिश्रण, होम गैरे निर्देशक, उमेश गुरुङ म्युजिक भिडियो निर्देशक लगायतलाई सम्मानित गरिएको थियो । जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न कार्यक्रमलाई लोक गायिका रासी रिजालले सहजीकरण गरेकी थिइन ।