Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको सैन्य र आतङ्ककारी अड्डाको आक्रमण स्थगन भएपनि अन्त्य नभएको जिकिर गरेका छन् । सोमबार देशको नाममा सम्बोधन गर्दै मोदीले अबको पाकिस्तानी कदम हेरेर आगामी कार्यक्रम तय हुने बताए । शनिबार दुई देशको युद्ध विराम पछि मोदीको सम्बोधन आएको हो । मारिएका आतङ्ककारीहरुको शवयात्रामा पाकिस्तानी सेनाका अधिकारी सरिक भएको आरोप लाउँदै मोदीले राज्य प्रायोजित आतङ्कवादको नमुना त्यै भएको दाबी गरे । उनले युद्धका हरेक मोर्चामा पाकिस्तानलाई धुलो चटाएको पनि दाबी गरे । पाकिस्तानसँगको वार्तामा पाकिस्तानको कब्जाको कश्मीर र आतङ्कवादबाहेक अरुमा नहुने भन्दै मोदीले बुद्ध पूर्णिमाको सन्दर्भ जोड्दै भने, शान्तिको बाटो पनि शक्तिले तय गर्छ ।
२०८२ बैशाख ३०
ताजा नेपाल
२०८२ बैशाख ३०
ताजा नेपाल
२०८२ बैशाख २९
ताजा नेपाल