Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मोलुङ हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले आज फागुन ४ गतेदेखि निष्काशन खुला गरेको आईपीओ बुधबार १० गते आज अन्तिम दिन हो ।
बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार कम्पनीको आईपीओमा १ लाख ३६ हजार ४ सय २५ कित्ता सामूहिक लगानी कोष र ५४ हजार ५ सय ७० कित्ता कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको २२ लाख ६४ हजार ६ सय ५५ कित्ताका लागि बुधबार कार्यालय समयभित्र सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
सर्वसाधारणका लागि छुट्याइएको आईपीओ २ लाख २६ हजार ४ सय ६० जनाले १०(१० कित्ता र ५ जनाले ११–११ कित्ताका दरले पाउने छन् ।
कम्पनीले यसअघि नै आयोजना प्रभावित स्थानीयहरुका ८ लाख २ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुका लागि २ लाख ७२ हजार ८ सय ५० कित्ता आईपीओ बिक्री गरिसकेको छ ।
ओखलढुंगामा ७ मेगावाटको मोलुङखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७४ चैत्र १२ गतेदेखि व्यापरिक उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ ।


सम्बन्धित समाचार