Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

म्याद नाघेका अखाद्य सामानको बिगबिगि कुलेश्वरमा ६ वटा गोदाम सिल

काठमाडौँ । कुलेश्वरस्थित गुञ्जेश्वर ट्रेड लिङ्कको गोदाममा म्याद नभएको खाद्यान्न फेला परेको छ । अनुगमन गर्दा चामल र दाल लगायतका सामग्रीमा म्याद नभएको भेटिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रजिअ खडगबहादुर श्रेष्ठले बताए ।

जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले गुन्जेश्वरी ट्रेड लिङ्कको गोदाम सिल गरेको छ । गुञ्जेश्वरीको ६ वटा गोदाम सिल गरेर अनुसन्धान अघि बढाएको सहायक प्रजि श्रेष्ठले जानकारी दिए । प्रशासनले ओम शिवशक्ति ट्रेडिङ कन्सर्नमा पनि छापा मारेको छ । ओम शिवशक्तिले बेच्ने तेलमा शंका लागेपछि अनुगमन टोलीले परीक्षणका लागि तेलको स्याम्पल ल्याएको छ ।

गुन्जेश्वरीमा तौल कम भएका चिनिका बारो भेटिएको छ । गुन्जेश्वरीको स्टोर चिनि भण्डारका लागि अयोग्य रहेको अनुगमन टोलीको निष्कर्ष छ । त्यसबारे अनुसन्धान भइरहेको सहायक प्रजिअ श्रेष्ठले बताए । गुन्जेश्वरीका सञ्चालक सन्तोष खेतान हुन् ।