Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

म्यूजिक भिडियोमा महानायक

केही समय अगाडि नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरलाई म्यूजिक भिडियोमा एकसाथ देखियो । मेलिना राई र भिम चापागाँईको स्वरमा रहेको चट्ट बसम देउरालीमा बोलको म्युजिक भिडियोमा राजेश र करिश्माले ठुम्का लगाएका थिए । उक्त गीतले युट्युबमा ३० लाख बढि भ्युज पाएको छ । अहिले राजेश चलचित्रको गीतमा कम देखिन्छन् । बरु उनलाई पछिल्लो समय म्युजिक भिडियोमा देख्न पाइन्छ । सोमबार राजेशको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । रेनु विष्टको आवाजमा रहेको मैले चोट खाँदा बोलको गीतमा राजेशलाई फिचर गरिएको छ । भिडियोलाई शिव बिकले निर्देशन गरेका छन् ।
राजेशले सुनिल सिंह ठकुरीको गीतमा पनि अभिनय गरेका छन् । ‘जिन्दगी’ बोलको उक्त गीत राजेश हमालको जीवनको पहिलो म्युजिक भिडियो भएको बताइएको छ । यो गीतको भिडियोमा राजेशले श्रीमति मधु भट्टराईसँग काम गरेका छन् ।
यस्तै, केही दिन अगाडि मात्र रिलिज भएको आमाको आशु बोलको म्युजिक भिडियोमा हमाललाई देख्न सकिन्छ । विरही कार्कीको यो गीतमा राजेशसँगै सविन बास्तोला, लक्ष्मी गिरी, अन्जली अधिकारीले पनि अभिनय गरेका छन् ।
राजेशले पछिल्लो समय कुनै चलचित्र साइन गरेका छैनन् । उनले चलचित्र निर्देशन गर्ने चर्चा चलेको पनि लामै समय भयो । तर, उनी चलचित्र बनाउने सुरमा अझै लागेका छैनन् । बरु, म्यूजिक भिडियो, महोत्सव र विदेशमा हुने कार्यक्रममा नै हमाल व्यस्त बनेका छन् । चलचित्रमा अभिनय गर्नका लागि सय पटक सोच्ने हमाल म्यूजिक भिडियोमा भने महंगो पारिश्रमिक लिएर खेलिरहेका छन् ।


सम्बन्धित समाचार