Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यज्ञप्रसाद श्रीमानको मुगु सरुवा

काठमाडौं । जिल्ला अदालत काठमाडौंका न्यायाधीस यज्ञप्रसाद आचार्यको मुगुमा काज सरुवा गरिएको छ । बाँसबारी जग्गा प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका अरुण चौधरीसहित तीन जनालाई दुई दिन भन्दा बढी हिरासतमा नराख्न आदेश दिएका आचार्यलाई मुगुमा काज सरुवा गरिएको हो । उनको ठाउँमा न्यायाधीश रमाकान्त अधिकारीलाई ल्याइएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले जिल्ला अदालत, काठमाण्डौले दिएको आदेशउपर गम्भीर कैफियत जनाउँदै त्यसमा सँलग्न न्यायाधीशलाई सजायस्वरुप दुर्गम मुगुमा काज सरुवा गरेका हुन् । प्रहरीले हिरासतमा राख्न अनुमति लिएको चार दिनको म्याद सकिएपछि पक्राउ परेका चौधरी, तत्कालिन बाँसबारी छाला जुत्ता कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह र सञ्जय ठाकुरलाई गत २२ माघमा जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । जिल्ला न्यायाधीश आचार्यको इजलासले उनीहरुलाई अब दुई दिन भन्दा बढी हिरासतमा नराख्नु भनेर दिन नै तोकेको थियो । न्यायधीस आचार्यले पक्राउ परेकाहरुले आफूउपर लागेको आरोपमा अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता जनाएको, विवादित सम्पत्ति कसैले मास्न लुकाउन वा अहिले नै अन्यत्र हक हस्तान्तरण गरी अनुसन्धान प्रभावित पार्न सक्ने अवस्था नरहेको भन्दै अनुसन्धानका लागि प्रहरीले मागे अनुसार २५ दिन नै समय नचाहिने भन्दै दुई दिन भन्दा बढी हिरासतमा नराख्न निर्णग गरेका थिए ।


सम्बन्धित समाचार

आजबाट तेस्रो लगानी सम्मेलन

२०८१ बैशाख १६

ताजा नेपाल

इलामको मतगणना सुरु हुँदै

२०८१ बैशाख १६

ताजा नेपाल