Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । एमालेलाई एक्ल्याएर अन्य राजनीतिक दल एक ढिक्का भइरहँदा सत्ता गठबन्धनलाई सिट बाँटफाँटको महाभारत देखिएको छ । सत्ता गठबन्धनका पाँच दलले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँट तीन आधारमा गर्ने भएका छन्। बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको कार्यदलको बैठकमा तीन आधार बनाई सिट भागबण्डा गर्ने समझदारी बनेको हो।
उक्त सहमतिअनुसारका तीन आधार,
बिहीबारको बैठकमा प्रत्यक्षमा चुनाव जित्ने दल र उसले पाएको मतलाई विश्लेषण गरेर उक्त क्षेत्र त्यही दललाई दिने कुरा भएको छ। यस्तै, पाँच दलले समानुपातिक प्रणालीमा पाएको मतलाई पनि आधार मानेर भागबण्डा प्रस्ताव पेश भएको छ। ‘कतिपय क्षेत्रमा व्यक्तिलाई मत नआउने तर, पार्टीलाई मत खसेको हुनसक्छ, त्यो पनि हेरेर सिट बाँडफाँट गर्नुपर्ने प्रस्ताव छ,’ ती नेताले भने। पाँचवटै पार्टीमा रहेका शीर्ष नेतालाई जसरी पनि संसदमा ल्याउनुपर्ने रणनीतिसहित गठबन्धनमा सहमति कायम गर्ने समझदारी बनेको छ।
‘हाइ प्रोफाइल लिडरहरूलाई संसदमा ल्याउनुपर्छ, त्यसका लागि गठबन्धनमा साझा सहमति खोज्ने भन्ने भएको छ,’ अर्का नेताले भने, ‘शीर्ष नेताहरुले पाएको मतको पनि विश्लेषण गर्ने भन्ने छ।’ यी तीन आधारमा बाँडफाँटको कुरा भए पनि सबै पार्टीहरूमा फेरि छलफल गरेर बैठक ३० गते बस्ने निर्णय भएको कार्यदलका सदस्य तथा माओवादी केन्द्रका स्थायी समिति सदस्य देव गुरुङले जानकारी दिए।
बैठकमा कुनै पनि दलले सिटको दाबी गरिसकेका छैनन्। ‘उहाँहरुको मनस्थितिको कुरा त गर्नुभयो,’ अर्का एक नेताले भने, ‘तर, पहिला पार्टीभित्र राम्रोसँग होमवर्क गरेर फेरि बसौँ भन्ने कुरा भएपछि उठ्यौँ।’ कांग्रेसका कार्यदल सदस्यहरुले सभापति शेरबहादुर देउवासँग थप छलफल गर्ने बताएका छन्।
‘गठबन्धन एक भएर चुनावमा जाने कुरामा सबैमा सहमति छ, अब बस्दा सिटबारे दाबी पनि पनि प्रस्तुत हुन्छन्,’ गुरुङले भने।
२०८३ बैशाख ३१
ताजा नेपाल
२०८३ बैशाख ३१
ताजा नेपाल
२०८३ बैशाख ३१
ताजा नेपाल