Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यसरी हुन्छ एसइइको मूल्यांकन

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)का लागि विद्यार्थीको मूल्यांकन गर्नका लागि विद्यालय तहमा एक मूल्यांकन समिति गठन गरिने भएको छ । राष्ट्रिय परीक्षाबोर्डले तयार गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ मा यस्तो व्यवस्था गरिएको हो । विद्यालयमा प्रधानाध्यापकको अध्यक्षतामा रहने मूल्यांकन समितिमा सम्बन्धीत कक्षा शिक्षक, नियुक्तिका आधारमा जेष्ठ शिक्षक सदस्य रहने छन् । माध्यमिक शिक्षा पाठ्यक्रम, २०७१ अनुसार विद्यालयहरुले लिएका परीक्षाहरु मध्ये अधिकतम पाठ्यक्रम समावेश हुने गरी पछिल्लो पटक लिइएको परीक्षाको अंकलाई विषयगत पूर्णांक अन्तरगत परिवर्तन गरी सैद्धान्तिक मूल्यांकन तर्फ विषयगत अन्तिम मूल्यांकनको प्राप्तांक दिइने व्यवस्था गरिएको छ ।
यस्तै प्रयोगात्मक मूल्यांकनका लागि विद्यार्थीहरुको प्रयोगात्मक प्राप्तांक चढाउँदा सम्बन्धित विद्यालयहरुले यस अगाडि नै प्रयोगात्मक परीक्षा सञ्चालन गरी शिक्षा विकास तथा समन्वय इकाइमा पठाएको विवरणमा फरक नपर्ने गरी सोही अंक चढाउनुपर्ने जनाइएको छ । विद्यालयमा सञ्चालित कार्यक्रम अनुसार ९साधारणरसंस्कृतरप्राविधिक० विद्यार्थीहरुको संख्या यकिन गरी विषयगत रुपमा सैद्धान्तिक र प्रयोगात्मक मूल्यांकनको प्राप्तांक विवरण तयार गर्नुपर्ने, परीक्षा आवेदन फारम भरेका, परीक्षा दस्तुर बुझाएका र पाठ्यक्रमले तोके बमोजिम न्यूनतम पचहत्तर प्रतिशत हाजिरी भएका विद्यार्थीहरुको मात्र मूल्यांकन वापतको अंक पठाउनुपर्ने मूल्यांकन समितिको काम, कर्तव्य र अधिकार तोकिएको छ ।
मूल्यांकन समितिले तयार गरेको प्राप्तांक विवरण परीक्षा नियन्त्रण कार्यालयले उपलब्ध गराए बमोजिमको विद्युतीय प्रणाली ९अनलाइनरअफलाइन० मा प्रविष्टी ९भ्लतचथ० गर्नुपर्नेछ । त्यसरी विद्युतीय प्रणालीमा प्रविष्टी गरिएको विवरण प्रमाणित गर्नुपर्दा तोकिएबमोजिम पेश भएको प्राप्तांक विवरणलाई आधार मानिने जनाइएको छ । विवरण तयार भएपछि मूल्यांकन समितिका सबै सदस्यहरुले हस्ताक्षर गरी विद्यालयको छाप समेत लगाई तीन प्रति शिक्षा विकास तथा समन्वय इकाईमा बुझाउनुपर्नेछ । सो मध्ये एक प्रति इकाईबाट प्रमाणित गराई प्रधानाध्यापकले विद्यालयमा अभिलेखको रुपमा राख्नुपर्ने कार्यविधिमा व्यवस्था गरिएको छ ।
ग्रेडबृद्धि परीक्षार्थीको रुपमा परीक्षा आवेदन फारम भरेका विद्यार्थीहरुको हकमा निज माध्यमिक शिक्षा परीक्षामा नियमित परीक्षार्थीको रुपमा सहभागी हुँदाको बर्षको प्राप्तांकलाई प्रकृया बमोजिम परीक्षा आवेदन फाराम भरेका विषयहरुको मात्र सैद्धान्तिक तथा प्रयोगात्मक प्राप्तांक भरी पठाउनुपर्ने कार्यविधिमा उल्लेख छ । खुला विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको हकमा समेत सम्बन्धित विद्यालयले पाठ्यक्रम बमोजिमको प्रकृया अबलम्बन गर्नुपर्ने जनाइएको छ । यस्तै, मूल्यांकन समितिले इकाईमा पेश गर्ने विवरणमा सच्याउन, केरमेट गर्न र टिपेक्स प्रयोग गर्न नपाइने, परीक्षा नियन्त्रण कार्यालयमा पेश गरिएको परीक्षा आवेदन फारम अनुसारको सिम्बोल नम्बर, नाम, थर र जन्ममिति रुजु गरी यकिन गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।
यदि फरक पर्न गएको अवस्थामा सो व्यहोरा उल्लेख गरी परीक्षा नियन्त्रण कार्यालयमापत्राचार गर्नुपर्ने साथै, बोर्डबाट परीक्षाफल प्रकाशन नभएसम्म विद्यालयले मूल्यांकन विवरण गोप्य राख्नुपर्ने कार्यविधिमा व्यवस्था गरिएको छ । मूल्यांकन समितिले पठाएको विवरण झुठा ठहरेमा वा गलत विवरण पेश गरेको पाइएमा सोको कानून बमोजिम जवाफदेही मूल्यांकन समिति स्वयम् हुने कार्यविधिमा स्पष्ट पारिएको छ ।