Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यस्तो छ आईएमईको दशैँ अफर

काठमाडौँ । रेमिट्यान्स कम्पनी आईएमईले दशँै अफर ल्याएको छ । कम्पनीले डबलको डबल अफर सार्वजनिक गरेको हो । भदौ १५ गतेदेखि कात्तिक मसान्तसम्म लागू हुने अफरमा विभिन्न लाभको अवसर पाउने कम्पनीले जानकारी दिएको छ । हरेक दिन आईएमई पेमार्फत् पैसा पठाउनेले आईएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता दुई जनाले पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई जनाले पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक जनाले पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कारस्वरूप पाउनसक्ने छन् ।
आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले हरेक वर्ष चाडपर्वलाई लक्षित गर्दै आईएमईले ल्याउने स्किममा आमसेवाग्राहीहरूको उल्लेख्य सहभागिता रहेको बताउँदै यस वर्ष त्यो सहभागिता झनै बढ्ने विश्वास व्यक्त गरे । अफर अवधिमा विजेता छनोटका लागि कम्पनीले निश्चित सेवा र सर्तहरू निर्धारण गरेको छ । सेवा र सर्तअनुसार भाग्यशाली विजेताको छनोट प्रविधिमा आधारित ‘लक्की ड्र’मार्फत् हुनेछ । योजना अवधिमा स्वदेश तथा विदेशबाट पैसा पठाउने सबै सहभागी बन्ने छन् ।
आईएमईका संस्थापक, आईएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आईएमईका व्यवसायिक साझेदार (एजेन्ट पार्टनर) तथा आईएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउने छैनन् । आईएमईको जुनसुकै एजेन्ट सञ्जालमार्फत् रेमिटेन्स कारोबार गरेको भौचरको सक्कल प्रति योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्ने छ । छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा बस्ने आफन्तलाई पुरस्कार रकम दिन सकिने कम्पनीले जानकारी दिएको छ ।
आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा सुरु गरेको १९औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २ सय २ आईएमई सेन्टरसहित ७७ जिल्लाका करिब १० हजार सव–एजेन्ट र बैङ्क तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीले कमाएको रकम सुरक्षित तरिकाबाट वितरण गर्दै आइरहेको छ ।