Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यस्तो छ आमिरको डाइट प्लान

काठमाडौं । बलिउडका चर्चित अभिनेता आमिर खान ५७ वर्षको उमेरमा पनि फिट छन्। उनलाई‘मिस्टर परफेक्शनिस्ट’ पनि भनिन्छ। खान निकै अनुसाशित जीवन जिउने गर्छन। उनी समय समयमा थोरै थोरै खानेकुरा खान मन पराउछन्। आफ्नो चयापचय दर बढाउन उनी सानो तर नियमित खानामा ध्यान केन्द्रित गर्दछ। उनले आफ्नो प्रत्येक खानाको बीचमा समान अन्तराल राख्न रुचाउँछन्। उनले आफ्नो खानामा फलफुल र डेरी उत्पादनहरु छुटाउदैनन्। आमिर खान मौसमी फलफूलका ठूलो फ्यान हुन्। उनको ब्रेकफास्ट र स्न्याक्ससहित उनको अधिकांश खाना सधैं फलफूलले भरिएको हुन्छ। बिहानको खाजामा उसलाई अण्डाको सेतो भाग र फलफूल खान मनपर्छ। स्न्याक्सको लागि उनलाई पौष्टिक फलफूल र प्रोटिन सेक खान मन पर्छ। आमिर आफ्नो आहारमा थोरै मासु पनि खानमन पराउँछन् जसमा उसिनेको तरकारीहरू सहित ग्रिल गरिएको चिकन समावेश हुन्छ। उनीपूर्ण भारतीय खाना रोटी, र भातसंग कुखुराको मासु र माछा पनि खान्छन्। एक अन्तर्वार्तामा आमिर खानले आफूले नियमित कसरत गर्ने बताएका थिए। यदि खानेकुरायोजनाबद्ध छैन भने कसरतको मात्राले शरीरमा परिवर्तन ल्याउन सक्दैन भन्ने उनकोविश्वास छ। उनी धेरै पानी पिउने गर्छन्। खान दिनमा तीन घण्टा र हप्ताको छ दिन जिम जान्छन्। उनको कसरतको दिनचर्यालाई १० मिनेट स्ट्रेचिङ, ४० मिनेटको एब्स र त्यसपछि वजन प्रशिक्षणमा विभाजन गरिएको छ। आफ्नो प्रशिक्षण सत्रहरूमाउनले विभिन्न स्ट्रेचिङहरू समावेश गरेका छन्। स्ट्रेचिङले मांसपेशीलाई न्यानो बनाउँछ र चोटपटकको सम्भावना कम गर्छ।