Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
उदयपूर । त्रियुगा नगरपालीका वडा नं ३ मिलमचोक बसोबास गर्ने तराइ मूलका एक जना रामभक्त नामका एउटा व्यक्ति छन् । उनी सिराहा जिल्लाका धनगडी नगरपालिका पुर्खाैली बसोबास भएका व्यक्ति हुन् । कामको सन्दर्भमा उनी उदयपूर आएर शिक्षण पेशामा लागे । उनकी पत्नीको माइती सनैथा हो । उनी केही समय घरको गृहणी मात्र थिइन् । पछि मधेस आन्दोलनको क्रममा उनलाई समावेशी निति अपनाएर शिक्षण पेशामा कार्यरत गराइयो । त्रियूगा क्षेत्रमा कार्यरत शिक्षक तराइबासी भनेर ती दुवै महिला पुरुषलाई स्थानीय बासीले श्रध्धाको पात्र बनाए ।
मानवीय माया दिए । स्थानीय बासिन्दा पहाडी जाती र त्रियुगाका चौधरी समुदायले दिएको माया र श्रध्धाबाट फाइदा उठाएर उनले गलत धन्दाको प्रारम्भहरु गरेको तथ्य हालसाल नै खुलेका छन् । उनी राम भक्त छिटो छरितो छिटो मानिसहरुसँग सम्पर्क राख्ने स्वभावका कारण उनको सम्पर्क धेरै व्यक्तिसँग हुन गएछ । त्यसैको फल स्वरुप उनले गलत काम गर्न थालेछन् । उदयपूरको पहाडी क्षेत्रमा लगाइने गाउँ घरमा प्रचलीत भाषामा भनिने सुनखेती, गाजा, चरेज जस्ता अवैध सामाग्री संकलन गर्दा रहेछन् । प्रत्येक महिना उनको घरमा निजी गाडी आउने गर्दथ्यो ।
मेरा नाता गोताका मानिसका गाडी भनेर उनी टार्दथे । संयोग के पर्न गयो भने यहि श्रावण महिनाको १४ गते उनको घरमा आएको व्यक्तिको नामको गाडीमा गाजाका पोका लाद्दै गरेको एक जना स्थानीय छिमेकी महिलाले देखिछन् । उनले मन थाम्न नसकेर भनिछन् रामभक्त सर यो गाजा कहाँबाट फेला पार्नू भयो त ? तपाईको ज्वाइको गाडी त तपाइलाई भेट्न भन्दा गाँजा बोक्न पो आउँदो रहेछ ल्याइएको रहेछ । तपाई एक जना शिक्षक भएर नेपाल सरकारको जिम्मेवार व्यक्ति भएर किन यस्तो सरकारले रोक लगाएको काम गर्दै हुनुहुन्छ भनेर त्यो महिलाले प्रतिकृया जनाइछन् ।
शिक्षकले त सबै काम गर्छन् नि गाँजा, चरेस, अफिमको व्यापार गर्ने त क्षमता चाहिन्छ । सम्पर्क सुत्र हुनुपर्छ । त्यस्तो कार्यमा पूजी चाहिन्छ । हामी दुवै जागिर खान्छौ । हातमा नगद छ, लकडाउनको समयमा थप रकम कमाउने योजना पनि छ । धनले धन कमाउछ तिमीहरु पो गाई गोरु भैसीको पुच्छर समाएर लादैछौ त राम भक्तले ति गाँजा लगेको देख्ने महिलालाई ठूलो स्वरले हप्काएछन् । यो तथ्यगत घटनालाई ती महिलाले सार्वजनिक गराइन् । केही गाँउका मानिसले रामभक्त र रामदुलारीलाई बोलाएर सोधपुच समेत गरेछन् । यो मेरो व्यक्तिगत माम्ला हो । गाँउका अरु मानिसले हस्तक्षेप गर्ने होइन ।
मेरो व्यक्तिगत माम्लामा हस्तक्षेप गर्नेलाई प्रत्यक्ष वा अप्रत्यक्ष सजाय दिन मैले पनि जानेको छ । म पनि दरो तराईबासी यादव हूँ । यहाँका स्थानीय बासिन्दाले मेरा भुत्ला पनि हल्लाउन सक्दैनन् भनेर ओठे जवाफ दिएछन् र उल्टै भनेछन् यहाँका बैकिङ कारोबार गर्ने संस्था जति नै म ब्याजमा रकम लगाइरहेको छु । रु ३ रुपैयाको दरले २० लाख रुपैया ब्याजमा लगाएको छु । मेरो डाइरी पल्टाएर हेर्ने हो भने यो ठाउँका मै हुँ भन्ने व्यक्तिहरुले पनि मेरो कर्जा खाएका छन् । समयमा तिर्न सकेनन् भने अनेक जुक्तिबाट पनि नगद या जमिन असुल गर्दछु । वगाहाका गुजाइदास चौधरीले कर्जा खाए बापत उनको एक विघा भन्दा बढि नदीकाट जमिन कब्जा गरेको छु । त्यो जमिनमा उब्जा लाउँदछु ।
त्रियुगा नगरबाट गाँजा र अन्य सामान गाडीमा हालेर तराई झार्दा बाटोमा लालपत्ता र भेडीयाका प्रहरी चौकीका प्रहरी समेतले मेरो कामलाई बन्देज गराउन हिम्मत गरेका छैनन् । मेरा ज्वाइ र छोरीको गाडी रोक्ने साहास गर्दैनन् । यदि कारणबस रोके भने दैनिक खर्च पानका लागि भनेर मेरा ज्वाइले अड्कलेर ती प्रहरीको हातमा केही रकम राख्दिने गरेका छन् । तै चुप मै चुप हुन्छन् । हतियारधारी सुरक्षा कर्मीका आँखा छलेर वा सिधै सामान उता लग्न सक्ने र त्यही गाडीमा उताबाट पनि आवश्यक अनुसारका भन्सार छलेर कयौँ सामान ल्याउन सक्ने सामार्थ त्रियुगाबासीमा म बाहेक कोही छैनन् । मैले मधेस आन्दोलन पछि त्रियुगा नदी कटान र ऐलानी प्रतृ जनिएका पाँचौ बिगा जमिन मालपोतको फारम बनाएर जिल्लादेखि सर्वाेच्चसम्म मुद्दा लडेर फैसला गराएर जग्गा धनी पूर्जा हातमा लिएको छु ।
तपाइ गाँउका मानिसले मलाई गाँजाका नाउमा हप्काउन खोज्ने हो ? मेरा हातबाट कर्जा लिने व्यक्तिको संख्या ४०० पुगेको छ । कर्जा खाने व्यक्तिको नाम मेरो गोप्य डायरीमा छ । आवश्यकता परे डायरी देखाइदिन्छु ।
मौका पर्दा यो जिल्लामा आएका प्रहरी प्रमुख प्रसासन प्रमुखसमेतलाई म एक पल्ट नगद हातमा दिएर वा चेक हातमा थमाएर बुझाइदिन्छु । कसैले औलो थडाउन सक्दैन । प्रशासनले मलाई पत्र काट्न या घर खोजतलास गर्न हिम्मत गर्दैन । मेरो पहुच स्काउटका देश विदेश सम्म छ । राजनीतिक रुपमा देशका शक्तिशाली सत्तामा पुग्न सफल दलका नेताहरु नेका, एमाले, माओवादी, जसपा सम्मका केन्द्रीय तहका नेतामा मेरो पहुँच छ । समय समयमा चोक या चिया पसलमा संघ संगठनका बैठकमा उनी भन्ने गर्दछन् । मेरो जागिरबाट अवकाश हुने समय १० महिना जति छ । सेवा निवृत भएपछि मेरो पहूँच कति सम्म छ यी सोझा गाउलेलाई देखाउन सक्छु । मैले कमाएकोमा कोही रिस नगरुन् । सक्छन् भने उनीहरु आफै पनि कमाउन् ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल