Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यस्तो शर्तमा नेकपा स्थायी कमिटी बैठकमा ओली झुल्किए

काठमाडौँ । आफ्नै स्वार्थलाई मात्रै प्राथमिकता दिँदै आफूखुशी निर्णय गर्दै अघि बढेका प्रधानमन्त्री केपी शर्मा ओली नेकपा स्थायी कमिटी बैठकमा उपीथत भएका छन् । तीन घण्टा ढिला गरेर सुरु भएको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन् । बैठक अगाडि दुवै अध्यक्ष ओली र पुष्पकमल दाहालबीच दुई चरणमा छलफल भएको थियो ।

सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच मनमुटाव बढेको थियो । प्रतिक्रियारुपमा अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसमूहका सांसदहरुले विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालय गएका थिए । दाहाल नेपालसमूहले अध्यादेश फिर्ताको माग गरेका छन् । ओलीले विशेष अधिवेशनको माग गर्दै राष्ट्रपतिकहाँ बुझाइएको निवेदन फिर्ता लिनुपर्ने अडान राखेका छन् ।

यही तनावकाबीच तीन घण्टा ढिला गरी स्थायी कमिटी बैठक सुरु भएको हो । पार्टीको बैठक चलिरहेका बेला मंगलबार सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि नेकपा विवाद नयाँ मोडमा पुगेको छ । आजको बैठकमा अध्यादेशकै विषयमा छलफल हुने नेताहरुले बताएका छन् । मंसिर २१ को बैठकमा पनि ओली सहभागी भएका थिएनन् । उनले बैठकमा पेस भएको दाहालको प्रस्ताव फिर्ता नभएसम्म बैठकको अर्थ नरहने बताउँदै आएका छन् । मंसिर २८ को स्थायी कमिटी बैठकमा भने ओली सहभागी भएका थिए ।


सम्बन्धित समाचार