Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यातायात मन्त्रीलाई प्रश्न र निर्देशन

  • खगेन्द्रराज सिटौला

नेपालका हरेक प्रधानमन्त्रीले यातायत मन्त्रीलाई सोध्नु पर्ने पहिलो प्रश्न हो नेपालमा पहिला विजुलीबाट ट्रलीबस सेवा सन्चालनमा थियो त्यो बन्द भएको छ त्यो किन बन्द भएको हो ? त्यसको कारण र आउने दिनमा नेपालमा त्यस्ता वस सन्चालनको आवश्यकता र संम्भावनाको वृस्तृत योजना सहित पेश गर्न निर्देशन दिनु हरेक देशभक्त प्रधानमन्त्रीको कर्तव्य र दाइत्व भएकोले प्रधानमन्त्रीले तल्काल त्यो निर्देशन दिनु पर्दछ । किनभने यो नेपालको आर्थिक रणनीति र पर्यवरणीय रणनीतिसंग जोडिएर आउने सवाल हो ।

र यो नेपालमा यातायत सन्चालनको दीर्घकालिन रणनीति पनि हो र नेपाललाई स्वदेशी धन स्वदेशमै भन्ने पृथ्वीविचारको बाटोमा अघि बढाउने महत्वपूर्ण पाटो र बाटो पनि हो । नेपालको यातायत क्षेत्रमा डिजेल पेट्रोलको विकल्प विद्युत पनि छ है भनेर राजा महेन्द्रले बिजुलीले चल्ने ट्रलीबस सेवा सन्चालनमा ल्याएका थिए । छिमेकी मित्र राष्ट्र चीनले यो वस सेवाको लागि आर्थिक, भौतिक तथा प्राविधिक सहयोग दिएको थियो । वास्तवमा यो यातायत सेवा नेपालको राष्ट्रिय हितमा आधारित यातायत नीति थियो राजा महेन्द्रको । तर यसको दीर्घकालिन महत्व नबुझेर हो या बुझ पचाएर यसलाई विकास गर्ने तिर पछिल्ला कुनै सरकार लागेनन् । उल्टो काठमाण्डौं भक्तपुर जाने आउने ट्रलीबस सेवालाई समेत बन्द गराएरै छोडे । यो बस सेवा अदूरदर्शी राजनीति नेतृत्व, भ्रष्टाचार र स्वदेशवादी अर्थतन्त्रको आधार नखोज्ने तर भ्रष्टाचार र कमिसनको लागि जे पनि गर्न पछि नपर्ने नालायकहरूबाट यो नेपालमूखी बससेवा बन्द गराएका हुन । यस्तो बस सेवा सन्चालनमा कसरी ल्याउन सकिन्छ र कसरी चौतर्फी लाभ लिन सकिन्छ भनेर नेपाल सरकार र विकासनीति निर्माता राष्ट्रिय योजना आयोग लगायतको ध्यान आकृष्ट गर्नको लागि नै यो र यस्ता बस सेवा सन्चालन बारे चर्चा परिचर्चा गर्न खोजिएको हो ।

नेपालमा विजुलीले यातायत सेवा सन्चालमा लैजानु भनेको नेपालको यातायत सेवालाई पृथ्वीविचारको राजमार्गमा दौडाउनु हो । पृथ्वीनारायणलाई मात्र राष्ट्रनिर्माता या सामान्ती राजा देख्नेहरूले यो कुराको भेउ पाउन सक्दैनन् । वास्तवमा विजुलीले यातायत दौडाउने भनेको पृथ्वीविचारको यसो भए नगद विदेश जाँदैनको महत्वपूर्ण एउटा पाटो हो । जसले यो तथ्यलाई केलाउँछ विश्लेषण गर्दछ उसले निश्चय नै पृथ्वीविचराको मर्मलाई पक्रदै विद्युत यातायत सेवाको योजना अघि सार्दछ । नेपालले विद्युत यातायत सेवालाई प्राथमिकता दिनु पर्दछ । माथि नै भनियो यो पृथ्वीनारायण शाहले भनेको आफैमा यसो भए नगद विदेश जाँदैन हो । कसरी हो र यसका लाभका धेरै पाटाहरू बारे थप छलफल बढाऔं । वास्तवमा नेपालका नदी खोलाबाट उत्पादित विद्युत नेपालको आफनै धन हो । अर्थात् स्वदेशी साधन, स्वदेशमा उत्पादन स्वदेशी धन हो । नेपालले जति बढि विद्युतले यातायत दौडाउँछ उति नै मात्रामा डिजेल पेट्रोललाई विस्थापित गर्दछ । जति बढि डिजेल पेट्रोल विस्थापित हुन्छ त्यति नै मात्रमा नेपालले विदेशी मुद्रा बचाउँदछ । पहिलो फाइदा यो हो कि नेपालले गाडीहरूमा हाल्ने इन्धनबाट बाहिर जाने ठूलो मात्रमा विदेशी मुद्रा बचाउँछ । यसले प्रमाणित गर्दछ कि यो निश्चय नै पृथ्वीनारायण शाहले भनेको यसो भए नगद विदेश जाँदैन हो । पहिलो फाइदा विदेशी मुद्रा बाहिरिनबाट यसले बचाउदछ ।

दोस्रो फाइदा यसले डिजेल पेट्रोलले दिने धुवाँबाट हुने प्रदुषणलाई घटाएर वातवरणीय स्वच्छतामा दिने योगदान हो । जति बढि विद्युत गाडी बढ्छ त्यति नै मात्रामा धुवाँबाट हुने प्रदुषण भने घट्छ । यसले दिने प्रतक्ष अप्रतक्ष लाभ धेरै क्षेत्रमा छ । जन स्वास्थ्यमा पु¥याउने लाभ होस् या कार्वन घटाएर दिने लाभ होस् नदेखिने तर मूल्यवान लाभ हो । धुवाँरहित विजुलीले चल्ने गाडीको बाहुल्यता भएको देशको पहिचान बन्दै र बढ्दै जान थालेमा यसले दिने अर्को फाइदा भनेको पर्यटनमा समेत योगदान दिन्छ । यो आफैमा स्वच्छ यातायत सेवा हो । स्वच्छ स्वदेशी साधनले सन्चालन हुने यातायत सेवा सन्चालन गर्न सरकारको पनि स्वच्छ मन हुनै पर्दछ । तेस्रो महत्वपूर्ण फाइदा भनेको नेपालमा उत्पादित विजुली कहाँ खपत गरौं कसरी उपयोग गरौं कसलाई बेचौं भन्ने चिन्ताबाट विजुली उत्पादकहरू चिन्तामुक्त हुुन्छन् ।

यातायत क्षेत्रले विजुली उपभोग गर्न थालेपछि स्वभाविक रूपमा नेपाललाई विजुलीको मात्रा धेरै नै आवश्यकत भएर आउँछ । यसको अर्थ हो नेपालमा विजुलीको बजार ठूलो भएको मानिनु हो । जब नेपालमा नै विजुलीको बजार व्यापक र चौतफी देखिन्छ विद्युतमा लगानी गर्नेहरू त तछाडमछाड गर्न थाल्छन् । यो लगानीको आकर्षक क्षेत्र देखिन थाल्छ । त्यसैले यो क्षेत्रमा लगानी जुटाउन कुनै आइतबार पर्दैन । यो क्षेत्रले देश विदेशबाट प्रसस्त पूँजी लगानी स्वरूप भित्र््यउँदछ । स्वभाविक हो लगानीको आकर्षक क्षेत्र यो भए पछि स्वभाविक रूपमा शर्तहरू आप्mनो पक्षमा ढाल्न पनि सकिन्छ । अर्थात सरकारले छाती खोलेर अर्थात उच्च स्वरमा लगानीको आव्हान गर्न सक्छ । चौथो नेपाल विजुली मैत्री देश मानिने छ ।

विद्युतमा लगानी गर्नेको अलावा विद्युतसंग सम्बन्धित उद्योग कलकारखानाहरू पनि नेपालमा धमाधम खोलिन थाल्छन् । विद्युतसंग सम्बन्धित उपकरण उत्पादन र विद्युत यातायत संग सम्बन्धित उद्योग कलकारखानले स्वभाविकरूपमा राजश्व र रोजगार बढाउँदछ । विद्युतको यातायत सेवामा काम गर्ने मजदूर हरू डिजेल पेट्रोल जस्तो कालो मैलो नभएपछि यो सफा मजदुरको क्षेत्र पनि मानिने छ । विजुलीले सन्चालित हुने यातायत सेवाले देशलाई एकैपल्ट स्वच्छ वातवरण र सम्पति पनि दिने र नगद बाहिर जान पनि नदिने भएकोले नेपालले यो यातायत सेवालाई प्राथमिक राष्ट्रिय गौरव मानेर सरकार अघि बढ्नुको विकल्प छैन । नेपालको यातायत सेवा यो हो र यसमा नै नेपालको भविश्य छ भनेर राजा महेन्द्र र माओ कालिन छिमेकी चीन मिलेर नेपालमा विजुलीले चल्ने ट्रलीवस सेवा सन्चालन गरेको थियो । हुनसक्छ दक्षिण छिमेकीको नेपाललाई पेट्रोलियम पदार्थको एकाधिकार बजार बनाइ राख्ने कुत्सित मनासायलाई सघाउन राष्ट्रघाति भ्रष्टहरूले यो वससेवालाई कलिलैमा निमोठ नामठ पारेका पनि हुन ।

अव यो वस सेवालाई ब्यूँताएर स्वदेशमा उत्पादित उर्जाको भरभग्दुर उपयोग गरेर लाभैलाभ लिनुको विकल्प छैन ।
प्रधानमन्त्रीले यसमा चासो लिनु पर्दछ । ट्रलीबस सेवा पहिलाकै रुटमा प्राविधिक हिसावले संभव छ कि छैन यातायत मन्त्रीलाई विज्ञहरूको कार्यदल बनाउन लगाएर प्रतिवेदन दिन लगाउनु पर्दछ । साथै नेपालमा कुन कुन सडकमा कसरी ट्रलीबस सन्चालनमा ल्याउन सकिन्छ लागत विजुलीको तागत प्राविधिक तथा आर्थिक दाइत्व आदि सबै बारे अध्यायन गराउन निर्देशन दिएर यो कामको थालनी गराउनु पर्दछ । विजुलीको बाहुल्यता भएका यातायत क्षेत्र कसरी बनाउन सकिन्छ यता गंम्भीर ध्यान दिनु पर्दछ । नेपालमा विजुलीले सन्चालन गर्ने यस्तो बस मित्रराष्ट्र चीनले बनाइदिएकोले यसबारे चीनसंग पनि राय सल्लाहा लिने सहयोग लिने काममा पनि चासो राख्दा राम्रै परिणाम निस्कन्छ होला । बिजुलीले सन्चालन हुने ट्रलीवस सेवा जनताको अर्थात यात्रुहरूको सहभागितामा नयाँ मोडलबाट सन्चालन गर्न सकिन्छ । हामी यस्तो मोडलमा जान सकिन्छ जसले सम्भव भए सम्म यात्रुहरू ट्रलीबस मै चढ्न तँछाडमछाड गरुन् । यात्रु सहभागिताको यो नयाँ मोडल भनेको यात्रुहरूले यात्रा गरे बापत तिरेको बस भाडा बापतको निश्चित मुनाफाको प्रतिशत बसमा उनीहरूको सेयर अर्थात हिस्सा कायम गर्दै जाने । विज्ञहरूको कार्यदल बनाएर यो स्किमको प्रारूप तयार गर्न सकिन्छ । जस्तो कि मानिलिउँ एउटा यात्रुले अनेक पल्ट यो बसमा यात्रा गर्दा १०० रुपियाँ तिर्छ । उसले आफना टिकटहरू बसको तोकिएको निकायमा जम्मा गर्दछ । बनाइएको नियम अनुसार उसको एकाउन्टमा जम्मा भएको टिकटको रकम थपिदै जान्छ । त्यही अनुपातमा उसको बसमा सेयर याने हिस्सा बढ्दै जान्छ । त्यसैले पनि जहिल्यै यो वस यात्रुहरूले भरिभराउ भइरहने छ ।

यस्तो नितान्त नयाँ व्यवस्थाले वसलाई मर्न दिदैन । सधै फाइदामा लान्छ । हिनामिना रोक्छ । किनभने हरेक यात्रुहरूले मागरै टिकट लिन्छन् । यो वस सर्वसाधरणको हुनेछ । अर्थात यो जनताको वस सेवा हुनेछ । यो वसले सबभन्दा बढी जनताको माया र साथ पाएको हुनेछ । स्व र स्वदेशी पूँजीले सन्चालित त्यस्मा पनि स्वदेशी विजुलीले सन्चालित वससेवा सबैको प्रिय वससेवा भएको पाइने छ । बन्द हडताल आदिमा पनि यो वस आक्रमणमा नपर्न सक्छ । किनभने यसमाथि आक्रमण गर्दा धेरै जनता रिसाएर जनमत आप्mनो विपक्षमा जाने डरले यो माथि हतपत आक्रमण गर्दैनन् । राम्रो र स्वच्छ व्यवस्थापक भएमा यो बससेवाले छिटै मुनाफा दिएर सेवा विस्तार गर्न सक्छ ।
आशा गरौं यो नयाँ मोडलले सबैको ध्यान तान्ने छ । सरकारले विजुलीको यातायत सेवा बढाउँदै लाने योजना बनाएर त्यही अनुपात र आवश्यकता माथि उभिएर विद्युत उत्पादनलाई पनि जोड दिनु पर्दछ । विद्युत अभावमा यो वससेवा अघि बढ्दैन । आशा गरो पृथ्वीविचारको स्वदेशवादी आत्मनिर्भर अर्थतन्त्रलाई मूलमन्त्र मानेर यातायतको क्षेत्रमा पनि स्वदेशवादी विजुली यातायतको झण्डा यो सरकारले फहराओस् । आशा गरौं प्रधानमन्त्रीले भोलि नै ट्रलीबस सेवा बारे यातायत मन्त्रीलाई निर्देशन दिनु हुने छ । नेपालले विजुली उत्पादन र विजुली यातायत सेवा सन्चालन मूल दीर्घकालिन राष्ट्रिय नीति बनाएर अघि बढ्नु पर्दछ । नेपाल विकासको सही कडी र रणनीति यही हो । हाम्रो पृथ्वीविचार यही हो । सबैमा चेतना भया ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल