Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यिनलाई कसले छुने ?

कञ्चनपुर । नेकपा सामन्त र शोषकहरूको पार्टी होइन । तर व्यवहारमा सुदूर पश्चिमतिर हिजोका नेकपा माओवादी र एमालेमा दुई सामन्त छन् । तीनले माधव नेपाल र पुष्पकमल दाहालको पहिचान देखाउँछन् । उनीहरू युरोपेली युनियन र भारतीय गुप्तचर रअका एजेन्ट पनि हुन् । चर्को कुरा सिंहदरबार वरपर गर्दै मन्त्री पद पाएपछि ब्रम्हलुट मच्चाउने यिनको क्षमता भएकाले सुदूर पश्चिममा नेकपा कार्यकर्ताले यिनलाई सामन्तवादी भनेका हुन् । यिनको कारण दक्ष, इमान्दार कार्यकर्ताले अपमान सहनु पर्छ । यिनले आफ्ना विरोधीलाई चुनाव हराउन प्रयोग गर्ने शक्ति नेपाली काँग्रेस र राप्रपा हुन् । ती दुई सामन्त हुन् भीम रावल र लेखराज भट्ट ! नेकपाको सरकारमा होस् वा पार्टीमा सुदूरपश्चिमको चाल हेरे पुग्छ । जहाँ सरकार नेकपाको छ माओवादीका सामन्त लेखराजले खगराज भट्टलाई खेदेको खेदेकै छन् । यस्तै चाल भीम रावलले आफ्नै टीमका दीर्घराम सोडारीमाथि देखाएको हैरानीमै झपट रावलहरू प्रयोग भएका छन् ।

कर्ण थापाले वर्चश्व देखाउन प्रम केपी ओलीलाई बा भने पनि त्यहाँ सकेनन् । खगराज भट्टलाई डडेलधुरा खेद्ने लेखराज हुन् । डडेलधुराका जगत पार्कीले पहिले काँग्रेस प्रवेश गरेर कमाए । उनको खेल खगराजलाई हराउनु थियो । जहाँ शेरबहादुरसँग खगराज भिडेका थिए । पार्कीलाई लेखराजले काज फिर्ता गराएका हुन् । मौकामा काम नलाग्ने पार्की जस्ता लेखराजका मान्छे धेरै छन् । लेखराजको हैकमबाट पीडित टेकेन्द्र भट्टको भनाईमा सिनियरलाई खेदियो । बरु एमालेमा भीम रावलको दादागिरी उनको अछाम जिल्लामाबाहेक बाजुरामा केन्द्रीत छ । सिनियरले काम नपाउने चुनावको बेला पार्टी छाडेर काँग्रेसमा पोइला जाँदै फर्कदै गर्दै पार्कीहरूले काम पाउने कैलो कपालको नेताको पौरख बन्दैछ । माओवादी निकट कसैले पनि यहाँ स्थान पाएका छैनन् । यसको कारण नै सामन्तवादी नेता लेखराज हुन् । उनी रअद्वारा सञ्चालित हुन् । यीनले कञ्चनपुर, दार्चुला, बैतडी, डोटी, बाजुरा, अछाम, डडेलधुरा, बझाङ जस्ता जिल्लामा खोजी खोजी पेलेका धेरै छन् । यी सुदूर पश्चिम इञ्चार्ज हुन् । कर्ण थापाका कारण भीम रावलले एमाले पंक्तिलाई पेल्न सकेका छैनन् । भीम रावल नेकपामा होली वाइनवादी नेता क. माधव नेपालका फोटोकपी हुन् । अहिले ठूलो राष्ट्रवादी यिनै छन् । तर माकुने होली वाइनवादी बन्दा यिनले झपारेको सुनिएन ।

त्रिलोचन भट्ट मुख्यमन्त्री भएका छन् । उनी लेखराजका हनुमान हुन् । वरिष्ठको कारण त्रिलोचनको ठाउँमा खगराज भट्ट हुनुपथ्र्यो । उनलाई काँग्रेसका सभापति शेरबहादुरसँग भिडाइयो । जगत पार्की जस्ता सात गाउँ चाहार्न लाज नमान्ने लेखराज भट्टकै गोठालो बन्न पुगेकालाई काँग्रेसमा पठाइयो । चुनाव सकियो । पार्की र लेखराजको योजना सकियो । पार्कीको काज फिर्ता भयो । प्रदेश सांसदहरू बीरमान चौधरी, सन्तोष धामी पनि असन्तुष्ट भएका छन् । यिनीहरू वरिष्ठ हुन् । टिकट वितरण गर्दैमा लेखराजले कमाई गरे । यिनकै कारण ओम विक्रम भाटले विवाद गर्दा माओवादीको एकसीट एमालेले पायो । महेश जोशी सडकछाप बनाइए । सुदूरपश्चिमको पौरख यही हो । नेकपामा लेखराज र भीम रावल मात्र होइनन् कर्ण थापाले पनि सामन्तकै विडो थामेका छन् । कम्युनिष्ट पार्टीको यो जात्राकै कारण सिंहदरबारले जस्तै प्रदेश सरकारले गति नलिएको हो ।


सम्बन्धित समाचार