Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यिनलाई कसले बनायो कमजोर ?

काठमाडौं । छुद्र बचन, दम्बी व्यवहार, अकर्मन्य शैली र हेपाह प्रवृत्ति वर्तमान राजनीतिक नेतृत्वको परिचय हो । त्यसमाथि वामपन्थी भनिनेहरूको व्यवहार त त्यो भन्दा बढी नै हुन्छ कम हुँदैन । नेपालको वापमन्थी आन्दोलनमाथि प्रहार गरेकै कारण मुलुकको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी राष्ट्रियसभामा तेस्रो शक्तिमा सीमित हुँदैछ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई धम्क्याउँदै सबै दलको बराबर दायित्व भएको टिआरसी विधेयकलाई सौदाबाजी बनाए । राष्ट्र र जनताप्रतिको गहन जिम्मेवारी नभएको नेकपा एमालेका अध्यक्षबाट देशले अन्तसंघर्ष मात्रै व्यहोर्दै छ । केपी ओलीको हेपाहा शैलीले वाम एकताबाट प्राप्त जनमत पनि भत्कियो । आफ्नो कपटी चरित्र, महाराज शैली उनकै हलि गोठाला रुपी पदाधिकारीले समेत स्वीकार्न सक्ने अवस्था छैन । पार्टीमा सवाल जवाफ गर्न नदिने जसले विचार र सिद्धान्तको कुरा गर्छ उसले खेदिनु पर्ने बाध्यता त्यहाँ छ । एमाले सानाका लागि डसाहा पार्टी भयो । पार्टीका संस्थापकहरू बाहिरी बाटो लागेपछि भ्रष्टाचारमा डुबेका तस्करहरूको रक्षक बनेका राजनीतिक रुपमा कतै कम्युनिष्टसँग साइनो नभएका दुर्गा प्रसाई, कोमल ओली, एकनाथ ढकालदेखि राजाका अनुयायी कमल थापासम्मलाई एमाले बनाइयो ।
यस्तो गलत चिन्तनप्रति प्रतिरोध गर्ने आँट धनकुवेर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग भएन । कथित युवाहरूमा समेत आँट भएन ‘बा’ संस्कृतिमाथि दबाव दिनु भनेको भीम रावल र घनश्याम भुसाल बन्नु हो भन्ने बुझेर नै एमाले नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्षलाई मनमोहन अधिकारी भन्दा दूरदर्शी देख्नु प¥यो । समानुपातिक मततर्फ पहिलो दल बनेको नेकपा एमाले विस्तारै खस्किँदै जानुको कारण पनि अध्यक्ष ओलीकै अहंकार हो । राष्ट्रियसभामा एमाले र एकीकृत समाजवादी समान हैसियतमा पुग्ने भएका छन् । समाजवादीलाई त्यो स्थानमा पु¥याउने काँग्रेस र माओवादी नै हुन् । केपी ओलीको दम्ब चम्कने थिएन भने ०७९ पुस १० को गठबन्धन भत्कने थिएन । उनले माधव नेपाललाई खेदेर जसरी राप्रपा र रास्वपालाई काँध हाले त्यहींबाट ओलीको वास्तविकता उदांगो भयो । त्यसकै परिणाम हो अबको राष्ट्रियसभा निर्वाचन । मिसन ०८४ को नारा दिएर एमाले जसरी पुष्पलाल मध्यपहाडी लोकमार्ग अभियान चलायो त्यहाँ पार्टीका कुनै नेता वक्ता भएनन् । जहाँ पनि केपी ओली नै प्रमुख अतिथि भए उनै प्रमुख वक्ता भएको देख्दा एमालेमा अरु नेताको अस्तित्व नै भएन । वरिष्ठ उपाध्यक्षदेखि प्रदेश तहका उपाध्यक्ष, महासचिव, सचिव, उपमहासचिवहरूको कुनै स्थान भएन । जहाँसुकै एकलौटी हुकुम बक्सेर फर्केका एमाले अध्यक्ष केपी ओलीकै कारण वाम एकता र सहकार्यको बाटो बन्द भयो । विपक्षी दलले संसदको सार्वजनिक लेखा समिति लिने हो । तर केपीले त्यहाँ पनि टिआरसी विधेयकलाई हतियार बनाएर ३ समिति कब्जा गरेका थिए । पछिल्लो पटक केपीले प्रधानमन्त्री पुष्पकमल दाहाल मार्फत् राष्ट्रियष्सभामा ६ सिट दाबी गरेर चुनावी गठबन्धन बनाउन प्रस्ताव गरे । काँग्रेस सभापति समेत त्यो प्रस्तावमा चलक थिए । तर ओलीबाट धोका मात्र सहेका उपेन्द्र यादव र माधव नेपालले त्यो प्रस्तावलाई स्वीकार्न सकेनन् । केपी ओलीले काँग्रेसलाई १४ सिट दिएर आफू ६ सीट लिएर राष्ट्रियसभा चुनावमा जान प्रस्ताव नगरेका होइनन् । काँग्रेसबाट डा. शेखर कोइरालाको पक्षका डा. मिनेन्द्र रिजाल अग्रसर थिए । त्यहाँ रिजालको दाउ प्रदेश कोशीबाट आफैं उम्मेदवार बन्ने थियो । तर उनको प्रस्तावलाई सभापति देउवाले शुरुमै अस्वीकार गरेपछि त्यो योजना पनि भत्केको थियो । अहिले राप्रपालाई साथ लिएर एमालेले कोशी प्रदेशमा सहकार्य गर्दैछ । तर सत्ता गठबन्धनको मत एमालेको भन्दा ८ सय बढी छ । अहिले सत्ता गठबन्धन बलियो छ । विपक्षी दलको रुपमा केपीका तानावाना फेल हुँदैछन् । उनका सारथी बनेका राश्वपाका अध्यक्ष रवि लामिछाने पनि सहकारी ठगी काण्डमा सामेल भए । यिनै रविले दोहोरो नागरिकता र भिसा काण्डमा बदनामी कमाएका छन् । व्यक्तिगत चरित्रमाथि पनि प्रश्न उठेको छ । ओली भत्काउन जहाँ पनि सफल छन् । समृद्धि र विकास उनको कल्पना मात्र बन्दैछ ।