Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

युएईमा व्यवसाय विस्तार गर्ने दुर्गा प्रसाईको प्रस्ताव

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएई दुबईका शेख मोहम्मद मक्तोउम जुमाला मक्तोउम नेपाल आएका छन्। उनी अहिले झापामा छन्। शनिबार बिहान श्री एयरलाइन्सको उडानमार्फत राजकुमार मक्तोउम झापा पुगेका हुन्।
बिएमसी मेडिकल कलेज तथा पूर्वाञ्चल क्यान्सर अस्पताल, बिर्तामोडका सञ्चालक दुर्गा प्रसाईंको निमन्त्रणामा उनी नेपाल आएका हुन्। उनको टोलीमा सात जना अरू पनि छन्। अस्पतालका सञ्चालक प्रसाईंले राजकुमार समक्ष काठमाडौंमा दुबईको भिसा सेन्टर सञ्चालनको प्रस्ताव गरेका छन्। उनले भिसा सेन्टर सञ्चालनका लागि नीजि कम्पनी (प्रसाईं आफ्नै) सहकार्यको प्रस्ताव गरेका हुन्।
यस्तै उनले आफ्नो व्यवसाय यूएईमा विस्तार गर्ने र त्यसका सहज वातारण बनाइदिन पनि राजकुमार समक्ष प्रस्ताव गरेका छन्। प्रसाईं नेपालको पानी, तरकारीलगायतका कृषिजन्य सामाग्री यूएईको बजारमा पुर्‌याउने योजनामा छन्, पूर्वाञ्चल क्यान्सर अस्पतालले सम्पूर्ण क्यान्सरसम्बन्धी प्रयोग हुने उपकरण उद्घाटन गदैछ।
राजुकमार मक्तोउमले आइतबार पूर्वाञ्चल क्यान्सर अस्पतालमा आयोजना हुने एक समारोहबीच सेट स्क्यानर (पेटको सिटीस्क्यान गर्ने मेसिन) को औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ। उनलाई पोखरालगायतका ठाउँहरूमा घुमाउने चाँजोपाजो प्रसाईंले मिलाएका छन्।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल