Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

युक्रेन कुनै पनि दिन रूसको हुन सक्छः ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन कुनै पनि दिन रूसको हुन सक्ने बताएका छन्। फक्स न्यूजसँगको अन्तर्वार्तामा अमेरिकी राष्ट्रपतिले युक्रेन युद्धमा अमेरिकाले दिएको कुनै पनि सहयोग फिर्ता लिन हिचकिचाउन नहुने बताए। उनले भने, यदि युक्रेनले अमेरिकी सहयोग चाहन्छ भने उसले अमेरिकालाई ५०० अर्ब डलर बराबरको दुर्लभ खनिज दिनुपर्नेछ। ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई धम्की दिँदै ट्रम्पले आफ्नो नसुले अमेरिकाले युक्रेनलाई थप सहयोग दिन बन्द गर्ने चेतावनी समेत दिए। अमेरिकी सहयोग बिना युक्रेन कमजोर हुने भन्दै उनले त्यसपछि रूसले युक्रेनलाई कुनै पनि समय कब्जा गर्नसक्ने बताए। अमेरिकाले युक्रेनलाई तीन वर्षदेखि आर्थिक सहयोग प्रदान गर्दै आएको बताउँदै उनले अब युक्रेनले दुर्लभ खनिज प्रदान गरेर आफ्नो ऋण चुक्ता गर्नुपर्ने बताएका हुन्।