Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

युद्धको ५६ औं दिन रूस र युक्रेनका राष्ट्रपतिबीच ठूलो सम्झौता

एजेन्सी । रुस र युक्रेनबीच झण्डै दुई महिनादेखि युद्ध चलिरहेको छ । बीच(बीचमा वार्ता पनि भएको छ तर स्थितिमा खासै परिवर्तन आएको छैन। वार्ता प्रभावहीन भए पनि दुई देशबीच केही सम्झौता भएको छ । यसै क्रममा अहिले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी बन्दी रिहा गर्ने घोषणा गरेका छन् । बदलामा, रुसले मारिउपोलमा युक्रेनी नागरिक र सैनिकहरूको सुरक्षित उद्धार गर्न अनुमति दिनेछ। यसअघि पनि रुस र युक्रेनबीच यस्ता सम्झौता भइसकेको छ जसमा दुवै देश ‘सेफ करिडोर’मा सहमत भएका छन् । अब फेरि एकपटक आफ्ना नागरिकको सुरक्षाका लागि राष्ट्रपति जेलेन्स्कीले यो ठूलो कदम चालेका छन् ।
यो निर्णय यसकारण पनि महत्त्वपूर्ण छ किनभने रूसी सेनाले मारिउपोल क्षेत्रमा ठूलो मात्रामा विनाश गरेको छ। यो त्यही क्षेत्र हो जहाँ रुसी सेनाले धेरै सफलता पाएको छ । यस्तो अवस्थामा यहाँबाट युक्रेनी नागरिकको उद्धार ठूलो चुनौती बनेको थियो । अब युक्रेनले त्यही चुनौतीलाई कम गर्न रुसी कैदीहरूलाई रिहा गर्नेछ। अहिले युद्धको केन्द्र कीभभन्दा डोनबास बनेको छ । यो त्यही क्षेत्र हो जहाँ अहिले रुसी सेनाले आक्रमण गरिरहेको छ । निरन्तर सैन्य कारबाही भइरहेको देखिन्छ। यो क्षेत्र कब्जा गर्नको लागि हर प्रयास गरिएको छ ।
युक्रेनले रुसले पछिल्लो २४ घण्टामा १० पटक डोनबास क्षेत्रमा आक्रमण गर्ने प्रयास गरेको तर हरेक पटक असफल भएको दाबी गरेको छ । त्यसैगरी मारिउपोलका बारेमा पनि युक्रेनले केही क्षेत्रमा रुसी सेनालाई फिर्ता गरेको दाबी गरिरहेको छ । अहिले यी दाबीसँगै दुवै देशबाट लगातार चेतावनी पनि दिइँदै आएको छ । भर्खरै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सेनाले सरमत ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको घोषणा गरेका थिए । यस विशेष अवसरमा उनले अब दुश्मनले आफ्नो देशमा आक्रमण गर्नुअघि पक्कै पनि दुईपटक सोच्ने बताए ।
यस परीक्षणमा अमेरिकी पक्षबाट कुनै ठूलो प्रतिक्रिया आएको छैन। केवल यत्ति भनिएको छ कि उनीहरूलाई यो परीक्षणको बारेमा पहिले नै थाहा थियो र रसियाले मात्र नियमित परीक्षण गरेको छ।