Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

युवाको अगाडि गाली पुराण

काठमाडौं । एमालेका सुप्रिमो केपी शर्मा ओलीले ल्याएको समृद्धि र विकासको एजेन्डाभित्र तस्कर, माफिया मात्र होइन, विचौलियाको माध्यमबाट नीतिगत ब्रम्हलुटलाई प्रोत्साहन दिँदा अहिले पछुताएका छन् । एकीकृत पार्टी छिन्नभिन्न बनाएर आफू प्रतिगमन पक्षधर कमल थापा र एकनाथ ढकालको साथ लिन बाध्य तिनै ओलीले माधव नेपाल र पुष्पकमल दालहालाई पार्टीबाट लखेटेको परिणाम जनताको बीचमा भडुवाको उपाधि पाएका छन् ।
सत्तामा रहँदा थामसेर्कु, ओम्नी, बतास, हुकाम, मोती दुगड, दुर्गा प्रसाईको व्यवासयिक हितमा काम गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अहिले देशका बेरोजगार युवाहरूसँग बहसमा सहभागी हुनु पर्ने सद्वुद्धि आएछ । आफू मात्र ठिक अरु सबै बेठिक भन्ने अहंकारभित्र ओलीलाई पार्टी सबैको हो, पार्टीलाई सामूहिकतामा चलाउनुपर्छ भन्ने सोच समयमा आएको भए स्थानीय चुनावमा एक्लनु पर्ने थिएन । ओलीका विशवास जितेर देश लुटेर कमाएका ईश्वर पोखरेल पार्टीमा स्वार्थ हेर्थे । गोकुल बास्कोटा करोड होइन अर्व हान्देको खुलमखुल्ला छाती फुलाएर भुकिरहेका छन् । त्यो पनि स्थानीय चुनावको मुखमा । एकता भन्दा गुटलाई बढी स्थान दिएको कारण ओली समूह पेशागत संघ संस्थामा निल छ । एमालेभित्र उमाले बनेर राजनीति गर्न सक्ने अवस्था नहुँदा काभ्रेका विदुर सापकोटाहरूले नेकपा एस रोज्नु प¥यो । ओलीलाई बा भनेर फाइदा लिएकी कमल ओलीको पोइला जान पाम गीतले एमालेको बहुदलीय जनवादको समृद्धि कति गर्छ अब जनताले देखाउने छ ।
एमालेभित्र छुद्रहरूको जमात छ त्यो समातले देश जनता र समाज हेर्दैन भन्ने कुरा एमालेको ४१ महिने कार्यकाल छर्लङ्ग छ । अहिले स्थानीय चुनावमा एमाले राप्रपा नेपाल र परिवारदल जस्ता भुई नभएकाहरूलाई बोक्ने केपी ओली बाध्य भएको देख्नु प¥यो । केपी ओलीको कार्यकाल समृद्धि र विकासका योजना हावामै उडेको पत्तो पाएपछि बल्ल देशका युवाहरू खोजिएको छ । एमाले बलियो थियो तर नेतृत्व अहंकारी, पदभ्रष्ट, सत्ता लम्पट बनेर राष्ट्रिय समस्याका बारेमा निर्णय दिन नसक्ने भएकै हो । ललितपुरको गोदावरीमा अध्यक्ष ओली युवासंघले आयोजना गरेको कार्यक्रममा बहसमा उत्रिदा समेत गाली पूराण भट्याउन छाडेनन् । ओलीको शैली हेर्दा लाग्थ्यो उनी साँच्चै कृष्णगोपाल श्रेष्ठका गुरु हुन् । अध्यक्ष ओलीले आफू क्विन्टल भएको घोषणा गरेको एक महिना नपुग्दै पाउ होइन ग्राममा पनि हिसाव गर्न नसकिने कमल थापा र क्रिश्चियन एजेन्ट एकनाथ ढकालहरूलाई सूर्य चिन्ह दिएर मित लगाएर पत्याउँछ कसले ? कमल थापाबाट जनता कुन कामले आकर्षित हुन्छ, जबकि पञ्चायतकाल र शाही कालमा यी थापा आन्दोलनकारी उपर दमनमा थिए । ओलीलाई त्यो थाहा नहुन सक्छ किनकि उनी आन्दोलनमा कहिल्यै सहभागी भएनन् । आन्दोलन सफल भएपछि फल खान मात्र उपस्थित हुने नेता हुन् ।
ओलीलाई गाली पुराणा बाचक बनाउनकै लागि एनसेलको ७६ अर्ब राजश्व राज्यलाई तिर्नु नपर्ने वातावरण बनाइएको हो । एनसेलले देशमा व्यापार गरेर कमाएको कमाईबाट राजश्व तिर्नु पर्छ भन्ने आँट किन भएन ? ६ करोडको पानी ३ करोडको गुटबन्दी भोज राज्य श्रोतबाट गराउने नेता अरु छैनन् । एमाले र केपी ओलीको गाली पुराणभित्र आफूले गरेका गल्ती सुधार्ने आँट कहिले आउँछ ? शंका अझै बढेको छ । किनकि भद्रता, सद्भाव, सदाचार र सम्मानत त ओली शासनमा अपेक्षा गर्ने ठाउँ भएन ।