Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

युवाले देशमै बसेर धेरै गर्नुपर्छ

० रोशन श्रेष्ठ ,फोटोग्राफर
क्यामराम्यान अर्थात नेपाली फोटोग्राफीको जगतमा व्यवसायिक सफलता चुम्दै नाम र प्रतिष्ठा कमाउन सफल भएका छन् रोशन श्रेष्ठ । बिगत झन्डै डेढ दशकको हाराहारिमा अनवरत रुपमा फोटोग्राफी पेशामा आवध्द रही यस क्षेत्रमा पुर्णसमर्पित भई स्टील फोटो र भिडियो खिच्नेहरुको भिडमा छुट्टै पहिचान बनाउन सफल रोशन श्रोष्ठले नेपहोपको श्रीपेज, लोक स्टार, डान्स च्याम्पियन, ब्याण्ड च्याम्पियन जस्ता नेपाली रियालिटी शोहरुमा आफ्नो कौशलता देखाइसकेका छन् भने दर्जनौ म्युजिक भिडियो, सयौ बृत्तचित्रमा क्यामराम्यानको रुपमा काम गरिसकेका छन् । कमेडी च्याम्पियन, द भोईस अफ नेपाल, हिमालय रोडिज, को बन्छ करोड पति, मुन्द्रेको कमेडि क्लब, द पोईट आईडल र कमेडी क्लब विथ च्याम्पियन लगायत दर्जन ठूला सियालिटी शोहरुमा आफ्नो उपस्थिति जनाइसकेका रोशन श्रेष्ठ फोटोग्राफीको क्षेत्रमा आफ्नो प्रभुत्व कायम गरी सैध्दान्तिक र व्यवहारिक ज्ञान हासिन गर्दै फोटोग्राफी जगतमा ब्यावसायिक सफलता चुम्दै निरन्तर अघिबढिरहेका छन् । टेलिभिजन रोस्ट रियालिटी शो आम्मा कसम याँ दुख्छमा डपगरेको र आफुले रोजेको पेशाबाट सन्तुष्ट रहेको बताउने अहिलेका ब्यस्त क्यामराम्यान रोशन श्रेष्ठसंग ताजाखबर साप्ताहिकको लागि गरेको संक्षिप्त कुराकानीः

० वास्तवमा फोटोग्राफी के हो ?
फोटोग्राफी भनेको एउटा कथा हो जसलाई शब्दमा बर्णन गर्न मुस्किल पर्छ । जसलाई रचनात्मक तरिकाले लिन सक्यो भने एउटै फ्रेममा धेरै कुरा लुकेको हुन्छ ।

० आधुनिक युगमा फोटोग्राफीको विषयमा बताइदिनुस न ?
पछिल्लो समय बिज्ञान र प्रबिधिको बिकाससंगै फोटोग्राफी र यसको विभिन्न प्रबिधिहरुको पनि राम्रै अपडेट भएको छ । जसले समय अनुसार प्रबिधिलाई अंगाल्न सक्यो भने अझै उत्तम ।

० तपाईले ब्यवसायिक सफलता पाउनुको राज के हो ?
सफल असफल भन्दा पनि करिब डेढ दशक देखि यही पेशामा छु । जहाँ छु जीवन्त लागिराछ ।

० तपाईले फोटोग्राफीको रुपमा कुन कुन क्षेत्रमा कार्य गर्नु भएको छ ?
विशेष गरि कला, साहित्य, खेलकुद र व्यावसायिक गतिबिधिमा नै बढी ब्यस्त हुने गरेको छु ।

० यो पेशालाई दीर्घकालिन रुपमा अंगाल्नुको मूख्य कारणहरु के के हुन् ?
बिगतमा धेरै कामहरु नगरेको होइन । तर यही क्षेत्रमा लाग्नुको पछाडी चाही मेरो दाजुको ठूलो भुमिका छ । दाजु आफै पनि लेखक, निर्देशक हुनुहुन्थ्यो । सुटिङको बेला उहाँकै पछि लाग्दैगर्दा मेरो ध्यान चाही क्यामरा तिर केन्द्रित भयो र अहिले यसैमा लत बसेको छ । सुरुमा त सर्भाइव हुनै मुश्किल थियो अहिले यसैमा खुशी छु । सबै भन्दा ठुलो कुरा आत्म सन्तुष्टि हो ।

० आफ्नो पेशा प्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
जुन काम मनैबाट गरिन्छ नि त्यो काममा सफलता पनि मिल्छ अनि सन्तुष्टी पनि । फेरी यो मेरो रोजाइको विषय पनि त हो ।

० खेलमैदानमा पनि दौडिरहेको देखिन्छ, एउटा ब्यवसायिक क्यामराम्यानलाई भिडियो, बृत्तचित्र खिच्न सजिलो कि खेल ?
काम सजिलो गाहो भन्दा पनि आफुले कसरी लिने त्यसमा भर पर्छ । बृत्तचित्रमा जसरी एङ्गल मिलाई मिलाई भिडियोलाई उत्कृष्ट बनाउन सकिन्छ भने खेलमा त्यतिबेला जे हुन्छ त्यसैलाई उत्कृष्ट बनाएर खिच्नुको अर्को मजा छ । प्राबिधिक कठिनाई त छंदैछ ।

० प्रतिस्पर्धाको यो भिडमा आफुलाई कहाँ छु जस्तो लाग्छ ?
प्रतिस्पर्धा त मेरो आफैंसंग हो । हिजो जहाँ जे थिएँ भोलि त्यो भन्दा राम्रो गर्ने प्रयास संधै रहनेछ । अझैं धेरै सिक्नु छ । हामी जस्तो युवाहरुले देशमै बसेर धेरै गर्नु छ । गर्न सकिन्छ पनि ।

० एउटा क्यामराम्यानले सुटिङ होस् या स्पोर्ट ग्राउण्ड सुरुमा के कुराको ध्यान राख्नु पर्छ ?
पहिलो त स्वास्थ्य ठिक हुनुपर्यो । आफ्नो इकुमेन्ट ठिक छ छैन कमफर्म हुनुपर्छ । अनि कामको बेला एकदम सेन्सेटिभ र जिम्मेवार हुनुपर्छ ।

० यो पेशामा आउन चाहनेहरुलाई के भन्न चाहनु हुन्छ ?
रहरैमात्रै हो भने अलग कुरा नत्र केही गर्छु भन्ने छ भने धेरै कलेज र प्रशिक्षण केन्द्रहरु छन् राम्रोसँग सिकेर आउनुस् । मेहनत, इमान्दारी ठुलो कुरा हो । प्यासनलाई प्रोफेशनल बनाउनुस् क्यामरा खिचेरै पनि जिन्दगीलाई गज्जबले चलाउन सकिन्छ ।


सम्बन्धित समाचार