Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

योगेश र शान्तिश्रीकाे ‘फूलमाया कान्छी’

काठमाडौं। एकपछि अर्को श्रोता रुचिको गीतसंगीत सार्वजनिक गर्दै आईरहेका गायक एवं संगीतकार योगेशकाजी शाह र शान्तिश्री परियारको स्वरमा ‘फूलमाया कान्छी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द, संगीत रहेको गीतमा योगेशकाजी शाहको संगीत संयोजन रहेको छ । सुरुमा गायन क्षेत्रबाट नै संगीतमा प्रवेश गरेका योगेशकाजीले अहिलेसम्म चार दर्जन भन्दा बढी गीतमा स्वर दिइसकेका छन् भने दर्जनौं गीतमा संगीत, एरेन्ज र शब्दरचना समेत गरिसकेका छन् । अहिलेका चल्तिका कलाकार प्रकाश सपुत र सनिसा भट्टराईको मुख्य भूमिका रहेको भिडियो बुध्द थापाले खिचेका हुन भने सुनिल बिकको निर्देशन रहेको छ ।


सम्बन्धित समाचार