Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यौनधन्दा गराएको अभियोगमा पक्राउ

सुनसरी । ईटहरी उपमहानगरपालिका(६ स्थित होटलमा काम लगाइदिन्छु भन्दै लोभलालचमा पारी २ किशोरीलाई यौनधन्दा गराएको अभियोगमा पाँचथर फिदिम फलैचा(८ बस्ने ३० वर्षीया बिनु सुब्बा र महोत्तरी बर्दिबास नगरपालिका(१२ बस्ने २९ वर्षीय सरोज कार्कीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
मोरङ बेलबारी बस्ने २१ वर्षीया र सुनसरी ईटहरी बस्ने १७ वर्षीया किशोरीलाई प्रलोभनमा पारी यौनधन्दा गराएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।