Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तिहार, नेपाल संवत् तथा छठ पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप मजबुत बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
दीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै लामिछानेले परिवार, समाज र समुदायबीचको आपसी प्रेम, सद्भाव र एकतालाई सुदृढ बनाउन यी पर्वको विशेष महत्त्व रहेको बताएका हुन्।
उनले विविधताबीच कायम रहेको राष्ट्रिय एकतालाई थप बलियो बनाउन पर्वहरूले प्रेरणा दिने विश्वाससमेत व्यक्त गरेका छन्।
‘उज्यालो, उमङ्ग र उत्साहको पर्व तिहार तथा आस्था, श्रद्धा र समर्पणको पर्व छठले हामी सबैको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ आशाको सञ्चार गरोस्,’ लामिछानेको शुभकामना सन्देशमा उल्लेख छ।
यसैबीच, राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले यस वर्षको छठ पर्व जनकपुरधामस्थित गङ्गासागरमा मनाउन आफूहरू उपस्थित हुने लामिछानेले जानकारी दिएका छन्।
उनको जनकपुरधाम उपस्थितिलाई छठ पर्वमार्फत सामाजिक सद्भाव र सांस्कृतिक एकताको सन्देश प्रवाह गर्ने कार्यक्रमका रूपमा हेरिएको छ।
२०८३ कार्तिक २४
ताजा नेपाल
२०८३ कार्तिक २४
ताजा नेपाल
२०८३ कार्तिक २४
ताजा नेपाल