Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रवि सहित ४ जनालाई अदालतमा उपस्थित गराइयो

सहकारी ठगीमा प्रकरणमा मुद्दा दायर भएका रवि लामिछाने, छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई अदालत उपस्थित गराएको  छ ।

चार जनालाई अदालत उपस्थित गराइए पनि छविलाल जोशीको मात्रै बयान भइरहेको छ । छविको बयान सकिएपछि मात्रै अरूको सुरु हुनेछ

छविको बयान हुँदा अरुलाई जिल्ला अदालतमै राखिएको छ । सञ्चालक कृष्ण गुरूङलाई भने बिरामी परेका कारण अस्पताल लगिएको छ ।

न्यायाधीश नीतिज राईको इजलासमा सोमबारदेखि बयान सुरू भएको हो ।

उनीहरूविरुद्ध सहकारी ठगीका साथै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा चलाइएको छ ।


सम्बन्धित समाचार