Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजदूतसँग सामूहिक छलफल प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज विभिन्न देशका राजदूतसँग सामूहिक छलफल गर्ने भएका छन्। उनको सचिवालयले बुधबार दिउँसो १२ बजेपछि सिंहदरबारमा राजदूतहरुसँग छलफल हुने जानकारी दिएको हो। यस अघिका प्रधानमन्त्रीले राजदूतहरूलाई एक्लाएक्लै भेट्दै आएको प्रचलन तोड्दै प्रधानमन्त्री बालेनले आज झन्डै २० देशका राजदूतलाई सामूहिक रूपमा भेट्न लागेका हुन्। प्रधानमन्त्री बालेनका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहले राजदूतहरूसँगको सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड सेट गर्ने दाबी गरेका छन्। प्रधानमन्त्री बालेन शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्दै हुनुहुन्छ। परराष्ट्रमन्त्री शिशिर खनालसहितको यो सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड सेट गर्नेछ। मर्यादित कूटनीति, बलियो नेपाल, उनले सामाजिक सञ्जालमा लेखेका छन्। यही चैत १३ गते प्रधानमन्त्री नियुक्त भएकाले बालेनले राजदूतहरुसँग आज पहिलोपटक सामूहिक छलफल गर्न लागेका हुन्। राजदूतहरुसँग छलफलमा परराष्ट्र मन्त्री शिशिर खनालसमेत सहभागी हुनेछन्। राजदूतहरुसँगको भेटमा प्रधानमन्त्रीले देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताका विष्यामा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ।