Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजधानीमा ८ सहित देशभर १३० संक्रमित थपिए

काठमाडौं । राजधानी काठमाडौंमा फेरि आठ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १३० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा काठमाडौंका ८ सहित देशभर १३० जनामा कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल देशभर ५ हजार ४४० जना सक्रिय संक्रमित रहेका छन् । पाँचथर, भोजपुर, रसुवा, मनाङ, मुस्ताङ र संखुवासभामा हाल कोरोना संक्रमित छैनन् भने रौतहट, कैलाली र बाजुरामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । हालसम्म १८ हजार ६१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७५ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या १३ हजार १२८ पुगेको छ । क्वारेन्टिनमा १७ हजार ९०३ जना रहेका छन् ।