Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजधानी छाड्दै १८ वटा हेलिकप्टर

काठमाडौँ । बढ्दो चापँसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ्ल साँघुरिँदै गएको छ । नेपालमा उडानमा रहेका १२ वटा निजी कम्पनीका ३९ वटा निजी हेलिकप्टरमध्ये पार्किङ अभावका कारण १८ वटालाई काठमाडौंबाहिर सारिने भएको छ । हेलिकप्टर व्यवसायी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यव्यस्थापकबीच मंगलबार भएको छलफलमा काठमाडौंमा २१ वटा हेलिकप्टरमात्रै पार्किङ गर्न सकिने भएकाले बाँकी १८ वटालाई काठमाडौंबाहिर स्तान्तरण गरिने निर्णय भएको आन्तरिक टर्मिनल प्रमुख पुर्ण चुडालले बताएका छन् । पार्किङ अभावका कारण उडान सुरक्षामा बाधा पुग्न थालेपछि हालै पर्यटन मन्त्रालयले स्तान्तरणलाई कडाइ गर्न प्राधिकरणलाई निर्देश गरेको थियो । त्यसै अनुसार, २१ वटा काठमाडौंमा राखेर बाँकीलाई लुक्ला, पोखरा, रामेछाप, नेपालगन्जलगायतका पायक पर्ने र बेस अनुमति भएका विमानस्थलमा अनिवार्य जान प्राधिकरणले अघिल्लो समोबारदेखि कडाइ गर्न थालेको छ । शुक्रबारसम्मको समयसिमा तोकिएकाले हेलिकप्टर कम्पनीहरुले बिहीबार छलफल गरी कुन कम्पनीको कतिवटा काठमाडौंमा रहने कतिवटा बाहिर पठाउनेबारे सुत्र प्राधिकरणलाई प्रस्ताव गरिसकेका छन् । वायुसेवा सञ्चालक संघकातर्फबाट प्रस्ताव गरिएको अवधारणामा २१ वटा हेलिकप्टरबाहेक बाँकीका लागि काठमाडौं बाहिर शुक्रबारै सारिने यसबारे गठन गरिएको कार्यदलका संयोजक तथा काठमाडौं विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए । काठमाडौं विमानस्थलबाट हेलिकप्टर, आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान एक साथ गराउदा पार्किङ, होल्ड, डिले हुनेलगायतका समस्या नघटेपछि हेलिकप्टरलाई भक्तपुरको नलिञ्चोकमा सार्न प्राधिकरणले टेन्डर प्रक्रिया सुरु गरिसकेको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले अबको दुई वर्षभित्र भक्तपुरको हेलिकप्टर स्टेशन सुरु गरिसक्ने गरी ठेक्का लगाइने बताए । साँघुरो र एकमात्र धावनमार्ग भएको काठमाडौं विमानस्थलमा आन्तरिक वायुसेवा, हेलिकप्टर र अन्तर्राष्ट्रिय विमानलाई एकसाथ उडान वा अवतरण गराउन सकिदैन ।