Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजासहितको प्रजातन्त्र नारासहित नयाँ पार्टी खोल्दै धवलशमशेर

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाले पार्टी परित्याग गरी नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन् ।
राणाले राप्रपा नेतृत्वले पार्टीको मूल एजेन्डा जोगाउन नसकेको र आन्तरिक लोकतन्त्र उपेक्षा गरेको आरोप लगाएका छन् ।
नयाँ पार्टीको मुख्य आधार राजासहितको प्रजातन्त्रु र हिन्दू राष्ट्र हुनेछ, जसले दुर्गा प्रसाईं लगायतका राष्ट्रवादी शक्तिलाई समेट्नेछ ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाले पार्टी परित्यागको औपचारिक घोषणा गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै राणाले अब नयाँ राजनीतिक दल गठन गर्ने घोषणा पनि गरेका छन् ।

पत्रकार सम्मेलनमा उनले राप्रपा नेतृत्वले पार्टीको मूल एजेन्डालाई जोगाउन नसकेको र आन्तरिक लोकतन्त्रलाई उपेक्षा गरेको आरोप लगाउँदै नयाँ बाटो रोज्नुपरेको बताए ।

नयाँ पार्टीको अवधारणा सार्वजनिक गर्दै नेता राणाले आफूले स्थापना गर्न लागेको दलको मुख्य आधार राजासहितको प्रजातन्त्रु हुने स्पष्ट पारे । उनले भने, मैले पार्टी खोलेको होइन, यो घर छोडेर अर्को बलियो राष्ट्रवादी घर निर्माण गर्न गइरहेको छु, जसमा राजासहितको प्रजातन्त्र हुनेछ ।

नेता राणाले राप्रपाभित्रको कार्यसम्पादन समिति र कार्यसमितिले जेठभित्र महाधिवेशन गर्ने निर्णय गरे पनि नेतृत्वले चासो नदेखाएको बताए । महाधिवेशन नगर्ने दिशामा गएपछि मैले धेरै पटक आवाज उठाएको थिएँ, तर नेतृत्व सुध्रने संकेत देखिएन, उनले भने । पछिल्ला निर्वाचनहरूमा पार्टीको खस्कँदो अवस्था र आगामी स्थानीय तह निर्वाचनसम्म उम्मेदवारसमेत नपाउने स्थिति आउन लागेकोले आफूले विद्रोह गर्नुपरेको उनको तर्क छ ।

राजासहितको प्रजातन्त्र र हिन्दू राष्ट्र ,युवा र महिलाको नेतृत्व ,सुशासन र रोजगारी

दुर्गा प्रसाईंको अभियान लगायत अन्य राजावादी, राष्ट्रवादी र हिन्दूवादी संघ संस्था तथा व्यक्तिहरूलाई समेटेर एउटा वृहत् बलियो राष्ट्रवादी शक्तिु निर्माण गर्ने