Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारा देशका ठूला शहरमा लागिरहेको छ । विभिन्न सहरमा चलेको यो आन्दोलनको एउटा ‘ट्रेलर’ सोमबार काठमाडौंमै पनि देखियो। र, यही मंसिर २० गते काठमामाडौंमा अर्को त्यस्तै ‘विशाल’ र्याली हुँदैछ। त्यसको संयोजन अधिवक्ताहरू सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले गर्दैछन्। त्यही दिन पूर्वको झापामा पनि त्यस्तै खालको आन्दोलन हुने भएको छ। काँकडभिट्टादेखि झापा सदरमुकामसम्म ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारा लगाउँदै मोटरसाइकल र्यालीको तयारी गरिएको छ।
नागार्जुन अनविज्ञ
कात्तिक ६ गते दसैंको शुभकामना सन्देश ‘बक्स’ गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले भनेका थिए, ‘यसले मानसिक तनावको परिस्थिति पनि खडा गरेको छ। त्यसैले आज सबैले बढ्दो आशुरी र भष्माशुरी प्रवृत्तिबाट उन्मुक्ति चाहिरहेका छन्।’
उनको स्पष्ट सन्देश थियो, ‘जनता यो शासन व्यवस्थासँग निराशमात्रै छैनन्, उनीहरूमा नयाँ अभिभावकको आवश्यकता महसुस भइसकेको छ।’
त्यसको एक सातापछि पहिलोपटक बुटवलमा भएको ‘राजा आऊ, देश बचाऊ’ भन्ने आन्दोलनमा हजारौं युवा मोटर साइकलमा सहभागी भए। त्यसपछि त्यसको सिलसिला देशभरि चलिरहेको छ। पूर्वराजा ज्ञानेन्द्रका स्वकीय सचिव सागर तिमिल्सिना भन्छन्, ‘सडकमा चलिरहेको यो आन्दोलनसँग ज्ञानेन्द्र सरकारको कुनै सम्बन्ध छैन।’ सडकमा यो आन्दोलन किन र कसरी भइरहेको छ भन्नेबारे ‘नागार्जुन’ अनभिज्ञ रहेको बताए।
‘राजपरिवारलाई यो आन्दोलनका बारेमा केही पनि थाहा छैन। कहाँबाट कसरी यो आन्दोलन उठिरहेको छ भन्नेबारे हामी नै अनभिज्ञ छौं,’ तिमिल्सिनाले भने, ‘ज्ञानेन्द्र सरकारको भनाइ पनि यही नै हो। यो आन्दोलन हामीसँग सम्बन्धित छैन।’
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल