Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजा महेन्द्रविरुद्ध कन्सपिरेन्सी थ्यौरी

  • अर्जुन ज्ञवाली

सुधीर शर्माले भर्खरै बजारमा ल्याएको पुस्तकमा राजा महेन्द्रलाई कालापानीसँग जोडेर बदनाम गर्न खोज्नु भारतीय खुफिया एजेन्सी ‘रअ’को बिगतदेखिकै कन्सिपिरेन्सी थ्यौरिको बासी प्रपोगण्डा हो । यस्तो मिसन बुद्धिनारायण श्रेष्ठदेखि भैरव रिसालसम्मले चलाएकै हुन् । भारतीय चेकपोष्ट भिœयाउने मातृकाप्रसाद कोइरालादेखि बिपि कोइरालाको षड्यन्त्रप्रती मौन रहेर कोदारी राजमार्ग विरुद्ध बक्तब्य दिएका बिपि कोइरालाको चीनसँग राम्रो सम्बन्ध थियो भन्नु आफैँमा हास्यास्पद छ । त्यतिमात्रै होइन २०१६ सालमा निर्वाचित संसद छँदाछँदै संसदलाई छलेर बीपी कोइरालाले गरेको गण्डक सम्झौता राष्ट्रघाती नै थियो । जलश्रोतका विज्ञहरूले हेर्दा हुन्छ मातृकाप्रसाद कोइराला र बीपी कोइरालाले गरेको कोशी–गण्डक र २०१७ सालपछि राजा महेन्द्रले भारतसँग आग्रह गरेर सच्याएको कोशी–गण्डक सम्झौतालाई तुलना गरेर हेर्ने हो भने बीपी र मातृका कुन ठाउँमा थिए भन्ने कुरा प्रष्ट बुझ्न सकिन्छ ।
कान्तिपुर दैनिकको सम्पादक रहेको अवस्थामा प्रयोगशाला बजारमा ल्याएका शर्मालाई पत्रकार युवराज घिमिरेले शुन्य समय स्तम्भमा २०७१ साल असार १३ गतेको अन्नपूर्ण पोस्टमा प्रयोगशाला र द ब्याटल फर अ न्यु रिपब्लिक प्रशान्त झाको पुस्तक इन्डियन खुफिया एजेन्सी रअ को इन्प्युटमा लेखिएको भनेर उल्लेख गरेजस्तो यी पुस्तक पनि त्यस्तै त होइनन् ? कालापानी सन्दर्भमा महेन्द्रले चीनसँग कुरा गरेर नेपालको हक कायम गरेको प्रमाण खुल्ला रूपमा सार्वजनिक भैसकेको छ । हेर्नुस् प्रमाण सहित बिस्तृत जनआस्था साप्ताहिकका सम्पादक वरिष्ठ पत्रकार किशोर श्रेष्ठले सम्प्रेषण गरेको कपी ।
कन्सिपिरेन्सी थ्यौरी एकछिनलाई मुतको न्यानो जस्तो त हुन सक्ला । चर्चा त जर्जसोरोसका ओपन सोसाइटीका मिडियाले गर्लान् तर अन्त्यमा त्यो आफ्नैलागी इतिहासमा कालोपोतिएको अनुहारको रूपमा रहने छ । किनकि इतिहास भीडको आवाज होइन, र सय÷पचार वर्षको पनि हुँदैन । हुनत यस्तो प्रपोगण्डा सौरभदेखि राप्रपा नामक पशुपतिशमशेर राणा मण्डलेहरूले पनि नगरेका होइनन् जो अहिले लिङ्देन राप्रपामा बदलिएको छ । लिङदेन राप्रपा र त्यसका मण्डलेहरूले पनि बिपि कोइरालालाई महान राष्ट्रवादी नै मान्दछन् । अझ यो राप्रपा नामक मण्डले गिरोहत २०५८ जेष्ठ १९ को दरबार हत्याकाण्डसँग जोडिएको गिरोह हो । युवराज दिपेन्द्रकि प्रेमिकाको नाटक मञ्चनमा कलाकारको भूमिकामा रहेकी देवयानि राणाका बाबू पशुपतिशमशेर राणाको अनुहार हेर्दा राप्रपा भन्ने गिरोह प्रष्ट देखिन्छ । वास्तविक गणतन्त्रवादी पनि यही मण्डले गिरोह हो । कथित माओवादीको हैसियत त नन्दप्रसाद अधिकारीको अस्पतालमा जलाउन नसकेको लासलेनै देखाइसकेको छ ।
राष्ट्रबादको ठेकेदार ठान्ने मण्डले गिरोह जति अराष्ट्रवादी इन्डो÷पश्चिमा जथ्था हो त्यतिनै प्रजातन्त्रको ठेकेदार ठान्ने कोइरालाहरू अप्रजातान्त्रिक हुन् । २००८ सालमा कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने कांग्रेस र कोइरालाहरू २०१५ सालमा योगी नरहरिनाथको कर्मवीर महामण्डललाई प्रतिबन्ध लगाउने काँग्रेस प्रजातान्त्रिक र २०१७ मा महेन्द्रले पार्टीमाथी प्रतिबन्ध लगाउने महेन्द्र तानाशाह यो भाष्यनै फण्डिङ मिडिया बुद्धिजीवीको चरीत्र हो । इतिहासलाई बुझ्दा कथ्यमा होईन तथ्यमा बुझ्नुपर्दछ । राजनीति जार्गन जस्तो होईन इतिहास ।
यस्तो कन्सपिरेन्सी थ्यौरी विगतमा त राम्रै बिक्थ्यो होला तर, अहिले सामाजिक सञ्जालदेखि विभिन्न अनलाइनहरूका कारण निश्चित मिडिया माफिया र प्रकाशकहरूको नियन्त्रित सूचना सम्प्रेषण गर्ने घेराबन्दी तोडीएको हुनाले अहिलेको अवस्थामा यथार्थ कुरा धेरै समय लुकाउन सम्भव छैन । इतिहास साक्षी छ । धेरै कुराहरू सार्वजनिक भइसकेका छन् । २०१७ सालको राजा महेन्द्रको कदम, बीपी कोइरालाको अति पश्चिमाकरणका कारण नेपालको भूराजनीतिमा उत्तरको चीन र दक्षिणको भारत दाहिना नभएको अवस्था नै हो । २०१७ पुस १ को घटना हुनुभन्दा पूर्व भारतीय स्थल सेनाध्यक्ष थिमैयाले चितवनमा आएर राजा महेन्द्र र ०१७ सालका प्रधान सेनापति निरसमशेर जबरालाई नेहरूको तर्फबाट भेट्नु र बीपीलाई हटाएर सुवर्ण समशेरलाई प्रधानमन्त्री बनाउने भारतीय चाहनालाई तोड्दै राजा महेन्द्रले फरक ढंगबाट आफ्नो हातमा शासन सत्ता लिए । यदि बीपीलाई भारतीय इच्छाअनुरूप हटाएर सुवर्ण समशेरलाई प्रधानमन्त्री बनाएको भए शासन सत्ता भारतीय हित अनुकुल हुने थियो । यसकारण महेन्द्रले चलाखीका साथ सत्ता आफ्नो हातमा लिएर नेपाललाई विश्व भूराजनीतिमा असंलग्न राष्ट्रका रूपमा उभ्याउँदै चीन, भारत र पश्चिमालाई समानान्तर रूपमा सन्तुलित बनाएर दश वर्षभित्र देशको आधुनिक विकासको खाका कोरे । २०२५ सालमा बीपी कोइरालालाई रिहा गरेर राजा महेन्द्रले बहुदलीय संविधान दिन खोजेको कुरा त्यो समयका समकालिन राजनीतिक नेताहरूले सार्वजनिक गरिसकेका छन् । त्यो भन्दा पहिले पूर्वी पाकिस्तान विभाजन गर्न अहिले बंगलादेशबाट भागेर भारत निर्वासनमा बसेकी सेख हसिना वाजेदका बाबु सेख मुजिब्बुर रहमानले चलाएको सशस्त्र संघर्ष जस्तै भारतको आडमा सशस्त्र संघर्ष गर्न बीपी कोइराला इन्दिरा गान्धीसँग सहयोग माग्न गएको कुरा बीपी कोइरालाको आत्म वृत्तान्तमै उल्लेख छ । २०२८ सालमा बहुदलीय संविधान दिनुभन्दा पूर्व नै राजा महेन्द्रको हत्या या मृत्यु अहिलेसम्म रहस्यमै छ । उनको अवशान भएपछि त्यो कुरा रोकियो । इतिहास एक पक्षीय हुँदैन ।


सम्बन्धित समाचार