Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजा विरेन्द्रका डाक्टर मुडभरीको निधन

काठमाडौं । ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका संस्थापक एवं वरिष्ठ सर्जन डा. ध्रुव शर्मा मुडभरीको कोरोना संक्रमणबाट निधन भएको छ । शर्माको ७७ वर्षको उमेर शनिबार अपराहृन ओम अस्पतालमा मृत्यु भएको हो । उनी १५ दिनयता संक्रमणसँग जुधिरहेका थिए । अस्पतालका अनुसार उनलाई कडा निमोनिया भएको थियो र आईसीयूमा राखेर उपचार गरिएको थियो ।
तत्कालीन राजा वीरेन्द्र शाहको पालामा शाही चिकित्सकको भूमिका निभाएका उनले वीर अस्पतालमा निर्देशकका रुपमा समेत काम गरेका थिए ।


सम्बन्धित समाचार