Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राप्रपामा केही विभागीय जिम्मेवारी हेरफेर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पार्टीका केही विभागमा जिम्मेवारी हेरफेर गरेको छ । प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले संयोजित संगठन समन्वय भागको जिम्मेवारी प्रवक्ता गोपाल दाहाललाई दिएका छन् । यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखको जिम्मेवारी आफैले राखेका छन् । त्यसै गरी सम्पर्क समाज समन्वय विभागमा महामन्त्री धन बहादुर बुढा र युवा विभाग प्रमुखको जिम्मेवारी सह(महामन्त्री प्रकाश रिमाललाई दिइएको छ । पार्टी विधान अनुसार नै अध्यक्ष लिङ्देनले जिम्मेवारी हेरफेर गरेको प्रचार विभाग प्रमुख श्रेष्ठले बताए ।


सम्बन्धित समाचार