Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रामकुमारीलाई स्वास्थ्य मन्त्रालय

काठमाडौं । पार्टी विभाजनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध खरो रुपमा उत्रिएकी रामकुमारी झाँक्रीलाई नेकपा एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाउने तयारी गरेको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकमा झाँक्रीसँगै विरोध खतिवडा, प्रेमबहाहदुर आले र कृष्णकुमार श्रेष्ठ किसानलाई मन्त्री बनाउने प्रस्ताव पेश भएको छ । एक स्थायी कमिटी सदस्यका अनुसार खतिवडालाई शहरी विकास, झाँक्रीलाई स्वास्थ्य, आलेलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रेष्ठलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाउने प्रस्ताव छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छन् ।