Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रावा इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट कम्पनीले जेठ १८ गतेदेखि निष्काशन खुला गरेको आईपीओमा आवेदन दिने आज २२ गते सोमबार अन्तिम दिन हो ।
इच्छुक लगानीकर्ताहरुले आज कार्यालय समय भित्र आवेदन दिन सक्नेछन् । कम्पनीले ६ लाख ९६ हजार ३ सय ३० कित्ता आईपीओ निष्काशन गरेको हो ।
कूल निष्काशन मध्ये कर्मचारीलाई १५ हजार ४७ कित्ता र ३७ हजार ६ सय १६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी ६ लाख ४३ हजार ६ सय ६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ ।
सर्वसाधारणका लागि छुट्याइएको आईपीओ ६४ हजार ३ सय ५९ जनाले १०–१० कित्ता र ७ जनाले ११–११ कित्तका दरले पाउने छन् ।
कम्पनीले यसअघिनै वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरु र आयोजना प्रभावितहरुका लागि आईपीओ बाँडफाँट गरिसकेको छ ।