Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत श्रमिकहरुका लागि आईपीओ निष्काशन खुला गरेको छ ।
कम्पनीले आयोजना प्रभावित खोटाङ जिल्लाका केपिलासगढी गाउँपालिकाका स्थानीयलाई २ लाख ८० हजार कित्ता र श्रमिकहरुका लागि ५६ हजार कित्ता शेयर आईपीओ निष्काशन गरेको हो ।
आईपीओमा स्थानीयले छिटोमा बैशाख ७ गतेसम्म र ढिलोमा बैशाख २२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ । श्रमिकहरुले भने बैशाख ७ गतेसम्म मात्र आवेदन दिन सक्ने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।
कम्पनीले खोटाङको केपिलासगढी गाउँपालिकामा अवस्थित रावा खोलामा ३ मेगावाट क्षमताको आयोजना निर्माण गरी विद्युत उत्पादन गरिरहेको छ भने सोही खोलामा २.५ मेगावाटको अर्को आयोजना निर्माण गरिरहेको जनाएको छ ।
स्थानीय र श्रमिकहरुका लागि आईपीओ बिक्री गरिसकेपछि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्नेछ । कम्पनीले कूल ८ करोड ४० लाख बराबरको ८ लाख ४० हजार कित्ता आईपीओ निष्काशन गर्न सेबोनबाट अनुमति पाएको छ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल