Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रपतिको आग्रह बेन्जिमाले किन मानेनन्

एजेन्सी । अर्जेन्टिनाविरुद्ध विश्वकप फाइनलको तयारीमा रहेको फ्रान्सेली टोलीमा तनाव देखिएको छ। केही खेलाडीमा भाइरल फ्लु र केही खेलाडी घाइते हुँदा फ्रान्सेली टोलीमा तनाव भएको हो। यस्तोमा चर्चित स्ट्राइकर करिम बेन्जेमाले विश्वकप फाइनलका लागि कतार जान गरिएको आग्रहलाई अस्वीकार गरेका छ्न। फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोनले विश्वकपको फाइनलमा सहभागिताका लागि गरेको आग्रह बेन्जिमाले अस्वीकार गरेका हुन्। टोलीमा फ्लु र चोटका कारण समस्या भएपछि राष्ट्रपति म्याक्रोनले बेन्जिमालाई फाइनल खेलका लागि कतार जान आग्रह गरेका थिए।
तर बेन्जिमाले राष्ट्रपतिको आग्रह अस्वीकार गरेको ईएसपीएनले जनाएको छ। बेन्जिमा विश्वकप खेल्ने फ्रान्सको टोलीमा दर्ता छन्। तर विश्वकपको पूर्वसन्ध्यामा चोट बोक्दै उनी कतारबाट स्पेन फर्किएका थिए।
आफूलाई कतारबाट फिर्ता गर्ने प्रशिक्षक डिडियर डेसच्याम्पसको निर्णयप्रति बेन्जिमा सन्तुष्ट थिएनन्। जसका कारण अहिले फाइनल खेल्नका लागि उनले कतार आउन गरेको आग्रह बेन्जिमाले अस्वीकार गरेको अनुमान गरिएको छ। राष्ट्रपति म्यानुयलले भने विश्वकपको फाइनलमा घाइते खेलाडीलाई पनि उपस्थित गराउने बताएका थिए। यसअघि विश्वकप जित्दाका प्रमुख खेलाडी पोग्बा र कान्टेसतिह आधादर्जन खेलाडी अहिले टिम बाहिर छन्।
यस्तै फ्रान्सलाई विश्वकपको फाइनलअघि फेरि चोटले सताएको छ। करिब ५ खेलाडीले विश्वकपको फाइनल गुमाउने निश्चित भएको छ।