Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्वको उपलक्षमा आज देशभरिका विद्यालयहरुमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँएको छ । यस अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण गरिएको छ । वसन्त श्रवणमा राजतन्त्र हुञ्जेल राजा जाने गरेकामा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राष्ट्राध्यक्षका नाताले राष्ट्रपतिको उपस्थिति हुन थालेको छ । प्रधानमन्त्री विपक्षि दलका नेता संवैधानिक अंगका प्रमुखहरु सो कार्यक्रममा सहभागी हुनु भएको देखिन्थ्यो ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुसार बिहान १०स्१७ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको थियो । वसन्त श्रवणमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओलीसभामुख अग्नी सापकोटालगायत पनि सहभागिता रहेको थियो । आज देशैभरका विद्यालयमा आफ्ना बाल बच्चा लिएर जाने अभिभावकहरु पनि हर्षित देखिन्थे । सरस्वती मातालाई विद्याकी खानी र धनाध्यकी देवी मान्ने नेपाली संस्कृति परम्परा छ ।
इशान न्यौपानेबाट
२०८१ कार्तिक २८
ताजा नेपाल
२०८१ कार्तिक २७
ताजा नेपाल
२०८१ श्रावण १७
ताजा नेपाल