Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रपति, उपराष्ट्रपति चुनावबारे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडौं । सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आइतबार बस्दै छ। राष्ट्रपति, उपराष्ट्रपति चुनावबारे सत्ता साझेदार दलबीच एउटै धारणा बनाउन संयन्त्रको बैठक बस्न लागेको हो। बैठक अहिले बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ। यसअघि शुक्रबार पनि संयन्त्रको बैठक बसेको थियो। जसमा नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र जसपा उपस्थित भएनन्। आगामी फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपतिको चुनाव हुँदै छ। सत्ता साझेदार दलबीच नै राष्ट्रपति तथा उपराष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा एकमत भइसकेको छैन।