Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रपति, प्रधानमन्त्री र प्रचण्डलाई खुल्लापत्र

राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन । नेपाली राजनीतिमा यी वाक्यहरू ठ्याक्कै मेल खान पुगेका छन् । संसद विघटन र अहिलेको अन्तरसंघर्ष आन्तरिक राजनीतिक टकराव मात्र होइन । खासगरी विक्रम सम्बत ३० को दशकमा चीन विरुद्धको खम्पा विद्रोह राजा वीरेन्द्रले सफाय गरिदिएपछि नेपालको राजनीतिलाई आफ्नो नियन्त्रण अर्थात् चीन विरोधी पकडमा कसरी राख्ने भन्ने एजेन्डा र षड्यन्त्रकै वरिपरि घुमिरहेको छ । यो संसद विघटन पनि नेपालमा अस्थिरता चाहने तिनै शक्तिको निर्देशनमा भएको छ । आफैं धामी, आफैं बोक्सी भन्ने नेपाली उखानजस्तै एकातर्फ संसद विघटन गर्न लगाउने र अर्कोतर्फ पश्चिमी एजेन्सीका जासुसहरूलाई बुद्धिजीवी, पत्रकार र नागरिक समाजको नाममा संसद विघटनका विरुद्ध सडकमा उतारिएको छ । यो इन्डो पश्चिमी शक्ति केन्द्रको दोस्रो रणनीति हो ।

खासगरी २०५८ जेठ १९ को दरबार हत्याकाण्ड र २०५० साल जेठ ३ गतेको मदन भण्डारी हत्या गराउने देशी विदेशी शक्ति केन्द्र नै संसद विघटनको पछाडि छ । माधवकुमार नेपाल, केपी ओली र विद्या भण्डारीको राजनीति केन्द्रमा उदय मदन हत्यापछि नै भएको हो । यो संसद विघटनमा प्रचण्डसँग उभिएर माधव नेपालले ओली विरुद्ध उत्तेजित गराउने काम गरिरहे भने यता प्रधानमन्त्री ओलीलाई विघटनको कित्तामा उभ्याइदिए । कटवाल प्रकरणमा प्रचण्डलाई उत्तेजित पार्न बाबुरामले रअको मिसनमा खेलेको भूमिकामा माधव नेपाल देखिए भने राष्ट्रपतिलाई महाअभियोगको कुरा ल्याएर विघटनतर्फ धकेल्न बाबुराम जस्ता खुल्ला रअका जासुसहरू बाहिरबाट सक्रिय भए । अन्ततः संसद विघटनको अवस्थामा पुर्याइयो ।

इतिहास फर्केर हेर्दा
२०४८ सालको आम निर्वाचनमा वामपन्थीहरूको बहुमत निश्चित थियो । भारतीय खुफिया एजेन्सी रअले देशव्यापी सर्वेक्षण गरेपछि मोहनविक्रम सिंह र नेकपा मसाललाई बहिष्कार गर्न लगाइयो । यस विषयमा डा. लोकराज बरालको पहलमा छलफल चलाइएको थियो । लुम्बिनीभन्दा पश्चिम मसालको आधारक्षेत्र थियो । जहाँ नेपाली काँग्रेसले जित्यो । जब वामपन्थीहरू प्रतिपक्षमा भए ततपश्चात् ०४९ सालको स्थानीय निर्वाचनमा मसालले राष्ट्रिय जनमोर्चाको तर्फबाट चुनावमा भाग लियो । ०४८ सालको संसदीय चुनाव बहिष्कार गरेर काँग्रेसलाई बहुमत पु¥याइदिइसकेपछि रअकै निर्देशनमा ०४९ सालको स्थानीय निर्वाचनमा भाग लिएको थियो । बाहिर भने नयाँ जनवादी क्रान्तिका कुरा गरेर जनतामा भ्रम छर्नेकाम गरिरहेका थिए । यसरी इन्डो पश्चिमाले कम्युनिष्ट ब्यानरमा एजेन्टहरूमार्फत् काम गराउँदै आइरहेका छन् । त्यही शृङ्खलाको यो पछिल्लो निरन्तता हो ।

मदन भण्डारीले ततपश्चात काँग्रेसको राष्ट्रघाती टनकपुर सन्धीविरुद्ध जेहाद छेडे । नेपाली काँग्रेसका सर्वोच्च नेता गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई, मदन भण्डारीको अघोषित मोर्चा बन्यो । ततपश्चात् चीन भ्रमणबाट फर्किसकेपछि मदन भण्डारीको हत्या गरियो र नेपालको राजनीति इन्डो पश्चिमी कित्तामा धकेलियो । राष्ट्रपतिलाई प्रश्न छ, आफ्ना पतिको हत्या किन गरियो ? मदनको विरासतबाट आएकी राष्ट्रपति विद्या भण्डारीले यो कुरा बुझ्न नसक्नु विडम्बना हो । मदन हत्यापछि एकछत्र महासचिव बनाइएका माधव नेपाल प्रचण्डलाई अलगथलग बनाएर समाप्त पार्ने दिशामा एकाकार भएका छन् भन्ने कुरा बुझ्न नसक्नु पुष्पकमल दाहालको भयंकर ठूलो भूल हो । मुलुकलाई अमेरिकी सैन्य अखडा बनाउँदै भारतको साथमा पश्चिमा साम्राज्यवादको एकल बर्चश्व निर्माण गर्ने उद्देश्य अन्तर्गत संसद विघटन गरिएको छ । अर्कोतर्फ तिनै पश्चिमी इसाई मेसिनरीका मानिसहरू प्रायोजित रूपमा संसद विघटनविरुद्ध सडकमा उतारिएको छ । यो कुरालाई बुझेर फेरि पनि केपी ओपी र पुष्पकमल दाहाल एकता हुनुको विकल्प छैन । अन्यथा हेक्का रहोस् २०४८ सालमा कृष्णप्रसाद भट्टराईलाई हराउन मदन भण्डारीलाई सहयोग र प्रयोग गरेको शक्ति केन्द्रले जसरी मदन भण्डारीको हत्या गरायो त्यसैगरी प्रचण्डलाई मात्र होइन स्वयं केपी ओली र विद्या भण्डारीलाई पनि प्रयोग सकिएपछि समाप्त पार्ने छन् । यो कुरा पुष्पकमल दाहाल, केपी ओली र विद्या भण्डारीले समयमै बुझेर नयाँ धु्रविकरण खोज्नु जरुरी छ ।

बाबुराम भट्टाराई र कमल थापा एउटै केन्द्रका हुन्
जसरी २०५८ जेठ १९ को दरबार हत्याकाण्ड गराउने देशी विदेशी शक्ति केन्द्रले राजा ज्ञानेन्द्रलाई १८ असोज २०५८ र माघ १९, २०६१ कदम चाल्न उक्साएर अन्ततः राजतन्त्र नै विस्थापन गरे । अहिले केपी ओली र माधव नेपाललाई त्यसैगरी प्रयोग गरिरहेको अवस्था छ । प्रधानमन्त्री केपी ओलीले हेक्का राख्नु जरुरी छ । पुष्पकमल दाहालले पनि हेक्का राख यदि दुवै जनाको पुनः धु्रविकरण भएन भने दुवैको समाप्ति हुनेछ । जसरी २०४८ सालमा कृष्णप्रसाद भट्टराईविरुद्ध प्रयोग भएको मदन भण्डारीले हेक्का नराख्दा समाप्त हुनुपर्यो ओली र दाहालको पनि त्यही अवस्था हुनेछ । जसरी राजा ज्ञानेन्द्रले केशरजंग रायमाझी, राजेश्वर देवकोटा, कीर्तिनिधि विष्ट, रविन्द्रनाथ शर्मा जस्ता दिग्गज राजनीतिज्ञहरूलाई बेवास्ता गरेर कुख्यात मुर्तिचोर, राष्ट्रघाती, दलाल, मण्डले र रअ र सिआइएका एजेन्ट सचिवहरू र केही सैन्य जनरलहरूको विश्वासमा पर्दा मेरो बोलिदिने कोही भएन भनेर दरबार छाड्नु पर्यो ।

फेरि पनि ओली र पुष्पकमल दाहाल मिलेनन् भने यो भन्दा पनि खराब अवस्था सिर्जना हुनेछ । जहाँसम्म अहिले राजतन्त्रको हाउगुजी देखाउनेहरू छन् ती तिनै इन्डो पश्चिमी मिशनका अभियन्ताहरू हुन् । यिनीहरूको उद्देश्य भनेको नागर्जुनमा भएका पूर्व राजालाई त्यहाँबाट लखेटेर दलाई लामा जस्तै बनाउँदै सिआइएको काखमा पु¥याउनु हो । किनभने पूर्व राजाले सेनाले प्रस्ताव गरेको अमेरिकी एजेन्डा बेबी किङ र बाबुराम भट्टराईमार्फत् रअले प्रस्ताव गरेको साँस्कृतिक राजालाई अस्वीकार गरिसकेका छन् ।

प्रश्न राजतन्त्र र गणतन्त्रको होइन । गणतन्त्र सिक्किममा पनि आएको थियो । कास्मिरमा पनि आएको थियो । अफगानिस्तानमा पनि आएको थियो । नेपालमा राजा भएकै अवस्थामा राजा महेन्द्र र वीरेन्द्र परिवारको हत्या भएको छ । यसकारण प्रश्न इन्डो पश्चिमी केन्द्रलाई कसरी किनारा लगाएर देशभक्त जनतान्त्रिक शक्तिको सुरक्षित केन्द्र निर्माण गर्ने यही नै अहिलेको मुल एजेन्डा हो । निरपेक्ष गणतन्त्र र राजतन्त्रको मुद्दा उछाल्नेहरू डा. बाबुराम भट्टाई र कमल थापामा तात्विक भिन्नता छैन । यिनीहरूको केन्द्र एउटै इन्डो पश्चिमी केन्द्र हो । गणतन्त्र घोषणा हुनुभन्दा पूर्व कान्तिपुर टेलिभिजनमा स्व. इन्द्र लोहनीलाई दिएको अन्तर्वार्तामा बाबुरामले साँस्कृतिक राजा राख्न सकिन्छ भन्नु र गणतन्त्रको मसिहा म हुँ भन्नु अर्कोतर्फ धर्म निरपेक्ष संविधानको सपथ खाएर यो संविधानलाई संसारको उत्कृष्ट संविधान पनि भन्ने राजा, राजतन्त्र र हिन्दू राष्ट्रको महिसा मै हुँ भन्ने कमल थापामा तात्विक भिन्नता छैन ।

यो अवस्थामा राष्ट्रपति विद्या भण्डारीले आफ्ना पतिको हत्या गर्ने शक्ति केन्द्र कसरी खेलिरहेको छ भन्ने कुरा हेक्का राख्न नसक्नु विगतमा बाबुराम भट्टराई जस्तै इन्डो पश्चिमी केन्द्र माधव नेपालमार्फत् खेलिरहेको प्रचण्डले बुझ्न नसक्नु र कृष्णप्रसाद भट्टराई हराउन आफू प्रयोग भएको कुरा मदन भण्डारीले बुझ्न नसकेजस्तै प्रधानमन्त्री ओलीले बुझ्न नसक्नुको परिणाम नै अहिलेको अवस्था हो । यसकारण आ–आफ्ना कमी कमजोरीमाथि समिक्षा गर्दै पुनः प्रचण्ड र ओली एकीकृत रहनुमै मुलुकको हितमा छ ।

तत्कालिन मालेमा सीपी मैनालीलाई हटाएर झलनाथ खनाल महासचिव हुनुभन्दा पूर्व माधव नेपाललाई महासचिव बनाउन पहल गर्ने प्रदीप नेपालले पूर्व एमाले पुनः ओलीसँगै फर्किने संकेत गर्नु सामान्य कुरा होइन । यो प्रचण्डलाई अलगथलग बनाएर पुनः पश्चिमी भ्याटिकन केन्द्रमा पु¥याउने, चीनसँगको सम्बन्ध टुटाउने र समाप्त पार्ने रणनीति पुष्पकमल दाहालले बुझेनन् भने भीरबाट लड्न लागेको गोरुलाई राम राम भन्नुबाहेक कुनै विकल्प रहने छैन । सबैलाई चेतना भया ।


सम्बन्धित समाचार