Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रपति बोल्सोनारोको पछिल्लो परीक्षणमा पनि देखियो कोरोना

एजेन्सी । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोको पछिल्लो परीक्षणमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो पटक भएको परीक्षणमा पनि आफूमा संक्रमण देखिएको राष्ट्रपति बोल्सोनारोले जानकारी दिएको समाचार संस्था रोयटर्सले जनाएको छ । यसअघि एक हप्ताअघि गरिएको परीक्षणमा पनि बोल्सोनारोलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो ।बोल्सोनारोको दोस्रो परीक्षणमा पनि संक्रमण देखिएको खबर सीएनएनले सार्वजनिक गरेको थियो । कोरोना भाइरसको महामारीका कारण विश्वमा अमेरिकापछि सबैभन्दा धेरै प्रभावित भएको ब्राजिलमा संक्रमितको संख्या १९ लाख ७० हजारभन्दा बढी छ भने ७५ हजार ५ सय भन्दा धेरैको मृत्यु भएको छ ।