Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रपति र सभामुख विवादास्पद पात्र हुनु हुँदैन

  • अर्जुन ज्ञवाली

रास्ट्रपति र सभामुख जस्ता संबैधानिक सस्था जात, बर्णका आधारमा होइन नेपाल जस्तो भुराजनीति, साँस्कृतिक विविधता भएको मुलुकमा बिवादश्पद ब्यक्ति हुनु हुँदैन । माधब नेपाल ललिता निवास प्रकरणमा जोडिएका बिवादास्पद ब्यक्ति हुन् । उक्त मुद्दाको फैसला नभएसम्म बर्तमान संविधान अनुसार पनि उनी अनुपयुक्त पात्र हुन् । आफ्नै आमाको क्रिया नगरेका उनी भोलिका दिनमा रास्ट्र प्रमुखको हैसियतले कुमारी रथयात्रा, मत्स्येन्द्रनाथको रथयात्राजस्ता साँस्कृतिक बिरासतमा उपस्तिथि हुँदा विवाद सिर्जना हुन सक्दछ । जहाँसम्म जनजातिको लेपन लगाएर चर्चामा ल्याइएका सुबास नेम्वाङ नैतिक रुपमै यस्ता संबैधानिक पदमा अनुपयुक्त पात्र हुन् । यसकारण रास्ट्रपति र सभामुखमा एमालेले बिवाद रहित राजनीतिक पृष्ठभुमिकै ब्यक्ति ल्याउनु उपयुक्त हुन्छ । निर्वाचन हारजित एउटा कुरो हो त्यो रास्ट्रपतिको उम्मेदवारका लागि आधार होइन । यसर्थ लालबाबू पण्डित, मोहनचन्द्र अधिकारी, सीपी मैनाली, झलनाथ खनाल, हिमानी शाह यस्तै विवादरहित व्यक्ति उपयुक्त पात्र हुनसक्छन् । नेपाल जस्तो भूराजनीतिक रुपमा संवेदनशील मुलुकमा राष्ट्रपति आलंकारिक भए पनि विवादास्पद व्यक्तिलाई राख्नु हुँदैन । भूराजनीतिक सन्तुलन मिलाउन नसक्ने व्यक्ति राष्ट्रपति भयो भने राष्ट्र नै संकटमा जान सक्छ । जसको उदाहरण अहिले रुसले आक्रमण गरेको युक्रेन हाम्रै अगाडि छ । यसबाट पाठ सिकेर राष्ट्रपति र सभामुख जस्ता संवैधानिक पदहरूमा विवादरहित राजनीतिक व्यक्तित्व ल्याउनु पर्दछ ।

राजावादीहरूले नबुझेको राजतन्त्र
गत हप्ता एक जना निर्दोष देशभक्त युवा हेमविक्रम सिलवालले आत्यहत्या गरेको भन्ने कुरा प्रचारमा ल्याइयो । हेमबिक्रम शिलवाललाई मृत्यु गराउन बाध्य पार्ने कथित राजाबादी र राष्ट्रबादको नक्कली धन्दा चलाएर एम्बुस थापेका दरबारिया पश्चिमा युरो÷सिआइए मिशनका राजाबादी भन्ने अपराधीहरू हुन् । सिलवाल त प्रतिनिधि पात्र मात्र हुन् । यिनिहरूले धेरै देशभक्तहरूलाई यस्तै अवस्थामा पु¥याएका छन् । यश रक्तकुण्डका अपराधीहरूलाई पहिचान गर्न नसक्दा धेरैको राजनीतिक जीवन समाप्त भएको छ । कयौं अलपत्र परेका छन् । कैयौंले अहिले पनि आफ्नो जीवन बर्बाद गरिरहेका छन् । यिनिहरूले बिगतमा कमल थापा अगाडि सारेर राजेश्वर देवकोटा र रबिन्द्रनाथ शर्माको राजनीतिक हत्या गरे । माले, मसाले खडा गरेर देशभक्त केशरजङ्ग रायमाझीलाई जिबनभरी दरबारिया भनेर बदनाम गराए । माओवादीलाई सहयोग गरेर गाउँगाउँमा सर्बसाधारण धर्म गुरुको हत्या गराए ।

कोमल ओलिलाई एमाले कमरेड बनाए । सैनिक जनरल कुमार फुदुङलाई माओवाद कमरेड बनाए । गगन थापा र नरहरि आचार्यलाई गणतन्त्रबादी बनाएर नाटक मञ्चन गरेपछि २०६४ शालमा गिरिजाले दरबारिया जासुस हुन् भनेर कोइराला निवास बिराटनगरबाट भण्डाफोर गरे । अहिले राजेन्द्र लिङदेनलाइ अगाडि सारेर अर्को नाटक मञ्चन गरिरहेका छन् । राप्रपा र मेरो गोत्र एउटै हो भनेर राप्रपा महाधिवेशनमा अभिव्यक्ति दिएका प्रचण्डले आफू नाटकको पात्रमात्र भएको खुलासा पहिल्यै गरिसकेका थिए । अहिले आफूलाई राजतन्त्रवादी भन्ने राष्ट्रय प्रजातन्त्र पार्टीले प्रचण्डको सरकारलाई समर्थन गरेपछि प्रचण्डले भन्ने गरेको हाम्रो गोत्र एउटै हो भन्ने कुरा खुल्ला रुपमा प्रमाणित भएको छ । अझै पनि कोहि एम्बुसमा राजा र राष्ट्रबादको आवरणमा पर्दछ भने त्यसलाई राम राम भन्नुबाहेक अरु विकल्प छैन । योगि नरहरिनाथ अन्तिममा रोएर यो धर्तीबाट बिदा लिनुभयो । अहिले उहाँकै जासुसी गर्ने गुप्तचरहरू योगिको नाममा नाटकमन्चन गरिरहेका छन् । अबको लडाइँ एजेन्डाको हो । राजतन्त्रको आवरणमा भ्याटिकन पुनस्र्थापना होइन ।

हेमबिक्रम शिलवालको मृत्युपूर्वको अभिव्यक्ति राजाबादिहरूले राजतन्त्र बुझ्न् नसक्नुको परिणाम हो । जसले बुझेका छन् उनीहरूमाथि यी ज्यूँदा लासहरू तर्साउने, खसाल्ने, बदनाम गर्ने र उपाय लागेन भने हत्या गर्ने प्रयत्न गर्दछन् । यहाँ अहिले सच्चा राजतन्त्रबादी युवराज घिमिरे हुन् किनकि उनी कान्तिपुरको सम्पादक हुँदा भारतीय गुप्तचर संस्था रअको मिशनमा बाबुराम भट्टराईको नयाँ कोतपर्बलाई मान्यता दिनुहुँदैन भनेर सेनाको बचाउ गर्न ज्ञानेन्द्र केन्द्रित लेख प्रकाशन गरेर समाजमा ज्ञानेन्द्र हत्यारा हुन् भनेर प्रचार गराएका थिए । उनी राजाका सम्बाद सचीव फणिराज पाठकका कुनै समय दिल्लीमा बस्ने रुम पार्टनर हुन् । यहाँ राजतन्त्रबादी पत्रकार देबप्रकाश त्रिपाठी हुन् । किनकि सेनाको बचाउ गर्न उनले पहिला पूर्व राजा ज्ञानेन्द्रलाई भेटेर त्यसपछि प्रधानसेनापतिलाई भेटिसकेपछि दरबार हत्या दिपेन्द्रले गराएको भनेर महानिशा नामक भ्रामक पुस्तक पुस्तक लेखेका छन् । विदेशीले पनि पढुन् भनेर उक्त पुस्तकलाई अग्रेजीमा समेत उल्था गलिएको छ । उक्त पुस्तक सैन्य मिशनमै लेखिएको छ । उनी ०६२÷०६३को आन्दोलनका प्रचारक पनि हुन् । यहाँ राजतन्त्रबादी चर्च मण्डलिका अध्यक्ष केबि रोकाय हुन् जसले माओवादी हिंसा मार्फत् हिन्दू बौद्ध सनातनिहरूको हत्या गर्न युरोपका चर्चबाट १४ अर्ब सहयोग ल्याएको कुरा आफैंले भनेका छन् ।

पुर्ब राजा ज्ञानेन्द्रले भलाकुसारी गर्ने यस्तै र यस्तै बिचार भएकाहरूसँग हो । यो कुरो बुझाउँदा पनि बुझ्न् नखोज्नु हेमबिक्रम सिलवालको कमजोरी हो । यहाँ राजतन्त्रबादी प्रेम कैदी हुन् । किनकि कर्णाली मुक्ति मोर्चा मार्फत युरोपियन मिशनमा संघीयताको बीउ रोप्ने ब्यक्ति हुन् । उनी योगी नरहरिनाथको जासुसी गर्न दरबार र पश्चिमाले खटाएका व्यक्ति हुन् । यो कुरा पशुपतिको भट्ट नेपाली राख्नुपर्छ भनेर आन्दोलन गर्दा योगीको जासुसी गरेका कैदीको बारेमा तत्कालिन अवस्थामा योगी नरहरिनाथद्वारा जारी पशुपतिसेना नेपालको पर्चामा छ । अँग्रेजीमा कुरा गर्ने पुर्ब राजा ज्ञानेन्द्रले बिचरा सिलवालँग के लिनु दिनु छर भेटनु ? यस्तो भ्रममा अहिले पनि धेरै छन् । दरबार केहि होईन छैन, तथापि केही हो र छ । के छ भने अहिले पनि दोस्रो भ्याटिकनको रूपमा हिन्दू बौद्ध सनातनिहरूलाई एम्बुस पार्न सकिन्छ कि भनेर थापिएको एम्बुस छ । त्यति मात्र होर हेमबिक्रम शिलवालले उल्लेख गरेका राजा ज्ञानेन्द्रका निजी सचिव सागर तिमिल्सिना आफ्नै श्रीमतिलाई चक्कु रोपेर माओवादीले आक्रमण गरे भन्ने ब्यक्ति हुन् । वैदिक सनातनी हिन्दू बौद्ध र रास्ट्रबादिहरू राप्रपा र यसप्रकारका छद्वमहरूदेखि साबधान ! अन्यथा धेरै इमान्दार राष्ट्रबादिहरूको अवस्था हेम बिक्रम शिलवालको जस्तो हुनेछ ।

सनातनिहरू राप्रपाबाट नझुक्किनोस्
काँग्रेस या अन्य दलको विकल्पमा राप्रपाको उदयलाई नकारात्मक रुपमा लिनुपर्ने कारण छैन । किनकि दलहरू उदय हुने र विघटन हुने प्रक्रिया निरन्तर चलिरहन्छ । जहाँसम्म हिन्दू, बौद्ध, सनातनिहरूले बुझ्नुपर्ने कुरा केहो भने धर्मको नारा राप्रपा या अन्य मण्डलेहरूको फगत चुनावी भोट बटुल्ने र जनतालाई देखाउने नारामात्र हो । हामीले नेपाल एकीकरणको चरणपछिको इतिहासलाई राम्रोसँग पर्गेल्नु पर्दछ । जसरी भारतमा बिजेपी या आरएसएस पश्चिमा समन्वय हिन्दूनारामा उदय भयो राप्रपाको ठिक त्यस्तै मोडेल हो । चिनमा कन्फुसियस दर्शन शिक्षामा अनिवार्य छ तर भारतमा हिन्दूनारामा उदय बिजेपीले बेद, गिता, शिक्षामा राख्न अनिवार्य गर्न सकेको छैन । बिजेपी इसाई मैत्री, मुस्लिम बिरोधि संगठन हो । अर्को तर्फ बिजेपी धर्मनिरपेक्षताको भारतको संविधानको विषयमा बोल्दैन, केवल नारामात्र हिन्दू दिन्छ ।

नेपालमा राप्रपा ठिक धर्मनिरपेक्ष संविधानको सपथ पनि खाने सरकारमा समर्थन सहभागी पनि हुने हिन्दूनारा दिने गर्दछ । यही कार्य पञ्चायतमा गरेका थिए । २०२८ शालमा मेकाले नयाँ शिक्षा ल्याएर आनिवार्य सस्कृत हटाएर । २०३३ शालमा गूठी साटने बेच्न कानुन ल्याएर मठ मन्दिर गुरुकुलका सबै जग्गा जमिन आयस्रोत हडपिएर गुरुकुल शिक्षामाथि प्रहार गरे तर आफूलाई हिन्दू राजा भनिरहे, हिन्दू राष्ट्र भनिरहे । अहिले सर्ब धर्म समभाव, धर्ममा जनमतसंग्रह, धार्मिक स्वतन्त्रता सहितको हिन्दूराष्ट्र भनेर पश्चिमा एजेन्डामा सनातनी हिन्दूहरूलाइ झुक्याउने गरि आइरहेका छन् । यसकारण राप्रपालाई काँग्रेस या अन्य दलको विकल्प अर्कोदलको उदयको रुपमा मात्र बुझ्नुपर्छ । राजा या राजतन्त्रको नाममा देशी–विदेशी गुप्तचरहरूले खोलेका ससाना झुण्डहरू भन्दा राप्रपानै संगठितरुपमा देखिनु सकारात्मकनै हो ।

राजनीतिक उतारचढाव आन्तरिक कारणले मात्र भैरहेको छैन । भुराजनीतिक सन्तुलन कायम गर्न दलहरू असफल भएकोले बाह्रय कारणहरू पनि नयाँ रूपमा देखा परेको छ । काँग्रेस नेतृत्वको सरकार भन्दा यो खराब मध्येको विकल्पमा कम खराब विकल्प हो । दलको विकल्प दलनै हो राजाको आवरणमा सेना या अन्य विकल्प होईन । राजतन्त्रको अवतरण या स्पेस बढिमा सिम्हानुक मोडेलसम्म हो । त्यो भन्दा बढी होईन किनकि सक्रिय राजतन्त्रको समयमा राजा महेन्द्रको हत्या र संबैधानिक राजतन्त्रको समयमा बिरेन्द्रको हत्या दुइटा सैनिक गणको घेराउमा भैसकेको छ । अहिले दलहरू विरुद्ध वितृस्णा पोख्नेहरूसँग न एजेन्डा छ, न नीति र कार्यक्रम । एजेन्डा बिहिन राजनीति गर्नेहरू पश्चिमा मिशनकै नयाँ खरानि घसेर आएका नयाँ पात्रहरू हुन् । यो अवस्थामा अमेरिकी घेरामा राजतन्त्र पुनस्र्थापना गर्नु नेपाललाई दोस्रो भ्याटिकनमा रुपान्तरण गर्नु हो । सेना र दरबारिया राष्ट्रवाद फगत जनता झुक्याउने चलाबाजीदेखि साबधान रहँदै एजेन्डा सहित राजनीतिक दलहरूमै बैचारिक हस्तक्षेप तिब्र पारौं ।