Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रिलायन्स फाइनान्सको लाभांश घट्यो

काठमाडौं। रिलायन्स फाइनान्सको लाभांश घटेको छ। आर्थिक वर्ष २०७७÷७८ को तुलनामा २०७८÷७९ को नाफाबाट वितरण गर्न लागेको लाभांश घटेको हो।
कम्पनीले आव २०७८÷७९ को नाफाबाट लगानीकर्ताहरुलाई कुल ६.८४ प्रतिशतले हुन आउने ७ करोड २० लाख ४७ हजार बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जेठ २६ गते बसेको संचालक समितिको बैठकले सो निर्णय गरेको हो।
उक्त लाभांशमध्ये चुक्ता पुँजीको ६.५० प्रतिशतले हुन आउने ६ करोड ८४ लाख ४५ हजार बराबरको बोनस सेयर वितरण गर्ने छ। यस्तै, कर प्रयोजनका लागि ०.३४ प्रतिशतले हुने ३६ लाख २ हजार ३९० रुपैयाँ नगद लाभांश वितरण गर्ने छ।
आव २०७७÷७८ मा कम्पनीले लगानीकर्ताहरुलाई १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत लाभांश वितरण गरेको थियो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्रै लगानीकर्ताहरुलाई वितरण गरिने जनाईएको छ ।